site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आठ सन्तान गुमाएका फैजुल भन्छन्– अन्तिम सपना पनि हुरीले उडायो
SkywellSkywell

बारा । बाराको फेटा गाउँपालिका–६ पुरैनियाका फैजुल हक मियाँ मंगलबार दिउँसो आँधीले भत्काएको आफ्नो घरको भग्नावशेषमा उदास भेटिए । नजिकै सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो लगायत भीआईपी हुरी प्रभावितलाई सान्त्वना दिन व्यस्त देखिन्थे ।
खुला खेतमा राहतको थुप्रो थियो । चामल, चिउरा, चाउचाउलगायत खानेकुरा माग्नेको तँछाडमछाड देखिन्थ्यो । केन्द्र, प्रदेश सरकारलगायत नेकपा, कांग्रेस पार्टीले पीडितका लागि विभिन्न राहत प्याकेज घोषणा गरेका थिए । तर फैजुलहक मियाँ न चामललगायत राहत माग्ने लाइनमा थिए, नत भीडभाडमा । उनी टोलाइरहेका थिए, वर्षौं पसिना बगाएर ठड्याएको घरको भग्नावशेषमा । 

उनको घरको छेवैबाटै गइरहेका राजपा राजेन्द्र महतोलाई कसैले भोजपुरी भाषमा सुनायो– उहाँ फैजुलहक मियाँकी श्रीमती मुस्तकीमा र बुहारी बिबियालाई हुरीले लग्यो । एकछिन महतोले फैजुलसँग कुराकानी गरे र सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सरकारको आलोचना गर्न थाले । 

खुला आकाशमुनी भत्किएको घर अनि सपना सम्झेर फैजुलहक भक्कानिन थाले । एकछिनपछि गला अवरुद्ध पार्दै उनले भने, ‘‘हम बेपनाह हो गए, बिबी औंर बहुके सपना पूरा नही कर पाए ।’’

KFC Island Ad
NIC Asia

\"\"आइतबार साँझको विनासकारी हुरीले घरमा श्रीमती र बुहारीको ज्यान लैजाँदा फैजुलहक सर्लाही हरिपुरमा थिए । केही समयअघि पत्नी मुस्तकीमासँग कुराकानी भएको थियो । ‘‘खाना खानु, आफ्नो ख्याल राख्नु म केहीदिनमा घरमा आउँछु भनेको थिएँ,’’ पत्नीसँगको उनको त्यो संवाद नै अन्तिम हुन पुग्यो । 

‘‘साँझ ८ बजेको थियो होला, मलाई मौलानाले फोन गर्दै भने, तुम्हारा घर गिरगया, और तुम्हारी बिबी और बहु मरचुकी है । जल्दी घर आजाओ,’’ उनले त्यो क्षण सम्झिए । 

Royal Enfield Island Ad

पहिले नै आफ्ना ६ छोरा र ३ छोरी गुमाएका फैजुलहकका लागि जीवनकै सबैभन्दा ठूलो बज्रपातको अन्तिम खबर थियो, आइतबार साँझको । भन्छन्, ‘‘८ सन्तान पहिल्यै गुमाएँ । हुरीले अन्तिम सपना पनि उडायो । म आफूलाई सम्हाल्न सकिरहेको छैन । २४ वर्षको छोरा रहिस मलेसियामा छ ।’’

आफ्नो भाग्य खुदाले नै लेखेको ठान्छन् फैजुलहक । उनी भन्छन्, ‘‘हामी बाउछोरा नै अभागी, न उसले आमा र पत्नीको अनुहार देख्न पायो नत मैले नै ।’’ फैजुलहकसँग पत्नी र बुहारीको तस्बिरसमेत छैन । घरसँगै भत्किएका छन्, फैजुलहकका सपना । छोरा मलेसिया गएको ११ महिनामात्रै भएको थियो । घरमा परेको विपत्तिपछि छोरा फर्किसकेका छन् । 

\"\"आँधीहुरीमै फेटा गाउँपालिका–१ भरवलियाका वीरजामहर चमार (५५) ले पत्नी वीदीयादेवी (५०) लाई गुमाए । भन्छन्, ‘‘एकाएक आएको आँधीले घरको सिँढी भाँचियो, ऊ सिँढीकै तल थिई, च्यापिएर ज्यानै फाली । बुढेसकालको सहारा नै टुट्यो ।’’ वीरजामहर चमार भत्किएको घर सरकारले बनाइदिए हुन्थ्यो भन्ने चाहना राख्छन् । भन्छन्, ‘‘भगवानले गरिबलाई नै दुःख दिँदो रहेछ ।’’ 

बारा र पर्सामा हावाहुरीका कारण हालसम्म २८ जनाको ज्यान गएको छ । सयौं घाइते छन् । सयौं घर भत्किएका छन् । कतिपयको छाना उडाएकाले घरको अन्नपात छोप्न पाएका छैनन् । घर, रुख, बिजुलीका पोल ढलेका छन् । स्थानीय गणेशराम चमार भन्छन्, ‘‘यस्तो अवस्थामा छौं कि घाइते, मृतकका आफन्तलाई समेत भेटेर सहानुभूति दिन सकिरहेका छैनौं । यस्तो विपत्ति दैवले कहिले कसैलाई नपारोस् ।’’ पुरैनियासहित फेटा, भरवलिया र चैनपुरमा आँधीले ठूलो क्षति पुर्याएको छ । गाउँमा भित्र्याउने बेला भएको गहुँ असिना पानीले नष्ट गरेको छ ।

तस्बिरः सौरभ रानाभाट
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २१, २०७५  १५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro