site stats
बाह्रखरी :: Baahrakhari
देश
रुकुम जिल्ला अदालतका तामिलदार खड्का मृत  भेटिए

दाङ । रुकुम पश्चिम रुकुम जिल्ला अदालतमा कार्यरत तामिलदार नविन खड्का मृत फेला परेका छन् ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका–४, सोलाबाङ घर भएका २८ वर्षीय खड्का आज घर नजिकैको पानी बगिरहेको कुलोमा मृत फेला परेका हुन् । आज शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खड्काको शव लागि जिल्ला अस्पताल सल्लेमा पोष्टमार्टम गरिएको हो । खड्काले आइतबार राति अत्यधिक मदिरा सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताएका छन ।

उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । केही समय रुकुम पूर्वको रुकुमकोट जिल्ला अदालतमा काजमा काम गरेका खड्का एक महिना अघि मात्रै रुकुम जिल्ला अदालतमा आएका थिए ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०७५  २०:३१
प्रतिक्रिया दिनुहोस्