site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आशा लाग्दा आउँदा चलचित्र
SkywellSkywell

काठमाडौं । यो वर्ष ‘छक्का पञ्जा’ ले बक्सअफिस कलेक्सनमा अनपेक्षित सफल हात पारे पनि अन्य चलेका चलचित्रले पनि औषत व्यापार गरे । ‘गाजलु’, ‘जात्रा’ र ‘वीर विक्रम’, ‘पूरानो डुङगा’ ले राम्रै व्यापार गरे पनि अन्य चलचित्रले खासै कमाल देखाउन सकेनन् ।

‘लुट–२’

अब प्रदर्शोन्मुख केही चलचित्रलाई भने निकै आशाको नजरले हेरिएको छ । यही फागुन १३ प्रदर्शन हुन लागेको ‘लुट–२’ बहुप्रतीक्षित चलचित्र हो । निश्चल बस्नेत निर्देशित चलचित्र ‘लुट–२’ चार वर्षदेखि दर्शकले प्रतिक्षा गरेको फिल्म हो ।

KFC Island Ad
NIC Asia

चार वर्ष अगाडि बनेको ‘लुट’ ले चलचित्र उद्योगमा शंकटकाल लगाउने तयारी गरिरहेका बेला उक्त चलचित्रले ‘मौलिक पन बोकेको चलचित्र बने राम्रो व्यापार हुन्छ’ भन्ने नजीर बसाएको थियो । सोही चलचित्रको सिक्वेल लिएर निर्देशक बस्नेत चार वर्षपछि आउन लागेका हुन् । सौगात मल्ल, दयाहाङ राई, कर्मा शाक्य, सिर्जना सुब्बा, ऋचा शर्मालगायतका पूरानै कलाकारलाई लिएर बस्नेतले निर्देशन गरेको चलचित्रको  बक्स अफिस रेकर्ड राम्रो रहने अनुमान चलचित्रकर्मीहरूले गर्दै आएका छन् ।

‘लुट–२’ का निर्माता माधव वाग्लेले आफ्नो चलचित्रले ‘छक्का पञ्जा’ ले बनाएको १७ करोड कलेक्सनको रेकर्ड तोड्ने दाबी गर्दै आएका छन् ।

Royal Enfield Island Ad

‘घामपानी’

डविङमा रहेको चलचित्र ‘घामपानी’ पनि दर्शकले प्रतिक्षा गरेको चलचित्र हो । आफैं चलचित्रको समीक्षा लेखिरहेका दीपेन्द्र लामाले घामपानीलाई निर्देशन गरेका हुन् । केकी अधिकारी र दयाहाङ राई स्टार चलचित्र घामपानीका लागि कालिप्रसाद बास्कोटाको ‘पन्छी’ बोलको गीत अघिल्लो हप्ता सार्वजनिक गरिएको थियो ।

अन्तरजातीय विवाहका ‘घामपानी’ को ‘लगलाइन’ हो । लामो समय चलचित्रकर्मसँग नजिक रहेर कलम चलाएका लामा स्वयमले भने कस्तो चलचित्र बनाए भन्ने धेरैले कूतुहलता छ । ‘घामपानी’ वैशाख १ गतेका लागि रिलिज डेट लिएको छ ।

‘लप्पन छप्पन’

चैत ११ गतेका लागि रिलिज डेट लिएको अर्को आशाको नजरले हेरिएको चलचित्र हो ‘लप्पन छप्पन’ । सौगता मल्ल, दयाहाङ राई, अर्पण थापा, वर्षा सिवाकोटी मुख्य भूमिकामा रहेको चलचित्र ‘लप्पन छप्पन’ लाई मुकुन्द भट्टले निर्देशन गरेका छन् । सस्पेन्स स्टोरी यो चलचित्रलाई दर्शकले कसरी हेर्ने हुन् चैतको दोस्रो सातामा थाहा हुनेछ तर दर्शकले पर्खिएको मध्येको एउटा चलचित्र भने हो ।

‘धनपति’

‘लुट’ को सिक्वेलपछि बहुप्रतीक्षित अर्को चलचित्रको नाम हो, ‘धनपति’ । ‘पशुपतिप्रसाद’का निर्देशक दीपेन्द्र के खनालले निर्देशन गरेको र खगेन्द्र लामिछानेको कथा रहेको ‘धनपति’ युनिटलाई ‘पशुपतिप्रसाद’ जत्तिकै स्तरीय चलचित्र दिनुपर्ने चुनौती छ । ‘सोसल ड्रा’मा भनिएको चलचित्रमा खनालले खगेन्द्रको अपोजिटमा सुरक्षा पन्तलाई लिएका छन् । असार २३ गतेलाई रिलिज डेट लिएको ‘धनपति’ सपना र अंहकारले मान्छेको भविश्य केन्द्रीय भाव हो ।

‘निरान्जना’

अहिलेका सफल मानिएका निर्देशक निश्चल बस्नेत र विकास आचार्यले संयुक्त रुपमा निर्माण गर्न लागेको चलचित्र ‘निरान्जना’ पनि राम्रो बन्छ भनेर दर्शकले अपेक्षा गरेको चलचित्र हो । ‘कमेडी जनरा’मा चलचित्र बनाउँदै आएका दीपक र कमेडीबाट अन्तिममा सेन्टिमेन्टलमा ‘यू–टर्न’ हुने आचार्यले संयुक्त रुपमा चलचित्र निर्माण गर्न लागेका हुन् ।

विकास आचार्यले आफूले निर्माण गर्न लागेको ‘निरान्जना’ संयुक्त रुपमा बनाउने भएपछि अहिले दीपकले स्क्रिप्ट रिराइट गरिरहेका छन् । निश्चल बस्नेत र उनकी श्रीमती स्वस्तिका खड्का पनि यो चलचित्रमा अभिनय गर्ने भएपछि दर्शकको रोजाइमा यो चलचित्र पनि परेको छ । भदौमा चलचित्र रिलिज गर्ने निर्माण पक्षले बताएको छ ।

‘मरो पैसा खै’

‘मरो पैसा खै’ पनि दर्शकले पर्खिएको अर्को चलचित्र हो । बलिउडका सफल चलचित्र ‘भुतनाथ’ निर्माण गरेका भारतीय निर्देशक विवेक शर्माले नेपाल आएर कस्तो चलचित्र बनाउँछन् ? नेपाली दर्शकले उत्सुक्ता देखाएका छन् । रोज राणाले निर्माण गर्न लागेको चलचित्र कमेडी जनराको नै हुने विकेकले बताएका छन् । ‘मरो पैसा खै’ पनि भदौमा रिलिज गर्ने तयारी गरिएको छ। तीन करोड बजेटमा निर्माण गर्न लागिएक यो चलचित्र नेपालकै विग बजेटको चलचित्र भएकाले पनि दर्शकका लागि प्रतीक्षाको चलचित्र बनेको छ ।

‘दर्पण छायाँ–२’

निर्देशक तुलसी घिमिरेको चलचित्र ‘दर्पण छायाँ–२’ पनि यो वर्ष आशाको नजरले हेरिएको चलचित्र हो । फागुन २७ गतेका लागि रिलिज डेट लिएको चलचित्र ‘दर्पण छायाँ–२’ घिमिरेको सफल चलचित्र ‘दर्पण छायाँ’ सिक्वेल हो । बीचमा उनले निर्देशन गरेका चलचित्र असफल भएपछि नयाँ पुस्तालाई समेत लक्षित गरेर निर्माण गरेका छन् । संगीत र प्रेमलाई फ्युजन गरेर निर्माण गरिएको यो चलचित्रमा निर्देशक घिमिरेले नयाँ कलाकार लिएका छन् । लामो समयपछि उनले बनाएको चलचित्र पनि अहिलेको प्रतीक्षितमध्येकै चलचित्र हो ।  

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७३  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro