site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनताको विश्वास जित्ने गतिविधि गर्न विप्लवलाई मुख्यमन्त्री पोखरेलको आग्रह
SkywellSkywell

दाङ । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले अब राजनीतिक रुपमा बहस र विवाद गर्नुपर्ने विषय केही नरहेको बताएका छन् ।

बिहीबार दाङको तुलसीपुरमा विश्व मृगौला दिवसका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दका बारेमा धारणा राख्दै नेपालमा जनताको आकांक्षाको आधारमा हुने परिवर्तनका सम्पूर्ण क्लाइमेक्सका कुराहरु उपयोग गरिसकेको हुँदा बन्द गर्नुपर्ने कारण के हो भन्ने प्रश्न गरेका थिए ।

KFC Island Ad
NIC Asia

‘हिजोका दिनमा राजाले दिएको संविधान मानेनौं, पार्टीहरुले बनाएको पनि मानेनौं र आज जनताले चुनेर बनाएको संविधानसभाबाट संविधान बनाइसकेका छौ,’ मुख्यमन्त्रीले भने ‘ अब जनताको विश्वास जित्ने हो भने मुलुकको एकता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता बाहेकका सबै चिज बदल्न सक्ने अधिकार संविधानले दिएको हुँदा अब बन्द हड्तालको औचित्य नरहेको दाबी गरे ।

बन्द हड्ताल छोडेर जनताको विश्वास जित्ने गतिविधि गर्न विप्लवलाई मुख्य मन्त्रीको सुझाव थियो । समाजमा अस्थितरता र आतंक सृजना गर्ने हिसाबले गतिविधि गर्नुको कुनै जरुरी नरहेको बताएका मुख्यमन्त्रीको भनाइ थियो । बन्द र हड्तालबाट नागरिक गठिदै आएको भएपनि त्यो नागरिकले नठान्ने गरेको तथा राज्य कमजोर हुँदा हाम्रा अवसरहरु गुम्छन भन्ने नठान्नुले दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको मुख्यमन्त्रीले तर्क थियो । 

Royal Enfield Island Ad

सर्वसाधरण नागरिकले स्वतन्त्र र भएरहित जीवन बाँच्न पाउने नागरिकको नैसर्गिक अधिकार गुमाएको भन्दै बन्दको विरोध गर्न उनको आशय थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५  १९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro