site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विप्लव नेकपाले भन्यो– बादल रहेनन् बादल ! गाउँ–गाँउमा सरकारी कार्यक्रममाथि  प्रतिबन्ध लगाउँछौैं
SkywellSkywell

काठमाडौं । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई प्रतिबन्ध लगाउले घोषणा गरेसँगै नेकपाले त्यसको प्रतिरोध गर्ने चेतावनी दिएको छ । सरकारले लगाएको प्रतिबन्धबारे प्रारम्भिक प्रतिक्रिया दिँदै नेकपाले जनस्तरबाट सरकारी निर्णयको प्रतिवाद गर्ने चेतावनी दिएको हो ।

पार्टीका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुनले बाह्रखरीसँग भने, “उनीहरुले बनाएको संविधान र कानुन विपरित हाम्रो पार्टीलाई शान्तिपूर्ण कार्यक्रममा प्रतिबन्ध लगाएको छ । अब हामी जनसत्तामार्फत गाउँ–गाउँमा सरकारका हरेक सरकारी कार्यक्रममाथि प्रतिबन्ध लगाउँछौं । पार्टीले यसबारे निर्णय गर्छ ।’’

KFC Island Ad
NIC Asia

सरकारले मुटभेड निम्त्याएको भन्दै नेता पुनले आफूहरु मुटभेडका लागि तयार रहेको बताए । ‘‘कम्युनिष्टहरु सत्तामा पुगेपछि विग्रीएका कयौं उदाहरण छन् । हिजो झापा विद्रोह गर्ने केपी ओली र माओवादी जनयुद्धको नेतृत्व गरेका प्रचण्ड, बादल कसरी पञ्चकै शैलीमा देखिए ? तर हामी जस्तोसुकै प्रतिवादका लागि पनि तयार छौं,’’ नेता पुनले भने ।

तपाईंकै पूर्व सहकर्मी रामबहादुर थापा ‘बादल’ गृहमन्त्री भएको बेला प्रतिबन्ध लाग्यो नि ? भन्ने बाह्रखरीको प्रश्नमा नेता पुनले भने, ‘‘बादल अव बादल रहेनन्, उनी हुस्सु भए । न सकारात्मक दिशामा बर्सिन सके, नत गर्जिन नै । उनी हुस्सु रहेछन्, अध्यारोमात्रै दिनसक्ने ।’’

Royal Enfield Island Ad

उसले सरकार सामाजिक फासिवादको यात्रामा अगाडि बढेको आरोप लगाए । ठाउँ–ठाउँमा विष्फोट गराउने, चन्दा आतंक मच्चाउने यस्ता गतिविधी गैरकानुनी हैनन् र ? भन्ने प्रश्नमा उनले भने, ‘‘राज्य नै संस्थागत भ्रष्ट्राचारमा लागेर मुलुकलाई कंगाल बनाउन लागेपछि हामी बल प्रयोग गर्न बाध्य भएका छौं । जनविरोधी तत्व अझै कारवाहीको निसाना पर्छन् ।’’ 

आफूहरु भूमीगत नभएको बताउँदै जनताकैसँगै रहेको बताए । नेता पुनले विखण्डनकारी नारा बोक्ने सिके राउतलाई काखी च्यातेर क्रान्ती र परिवर्तनको कुरा गर्ने आफूहरुमाथि प्रतिबन्ध लगाउने विषय सामान्य नभएको बताए । उनले आफूहरु बुलेट, व्यालेट र ‘नेगोसेसन’बाट पछाडि नभागेको बताए । सरकारले गृहमन्त्री रामबहादुर थापाको प्रस्तावमा मंगलबार साँझ विप्लवको नेकपामाथि  प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २९, २०७५  ०७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro