site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गण्डकी मेडिकल कलेज तनावग्रस्त, अस्पतालभित्रै नाराबाजी
SkywellSkywell

पोखरा । गण्डकी मेडिकल कलेज तनावग्रस्त बनेको छ । कलेज प्रशासनले विद्यार्थीबाट अनधिृकत रुपमा असुलेको लाखौँ रुपैयाँ फिर्ता पाउनुपर्ने मागसहित आन्दोलनमा उत्रेका विद्यार्थीले लगाएको ताला प्रहरीले खोलेपछि अस्पताल परिसरमा अहिले नाराबाजी भइरहेको छ । प्रहरीले जबर्जस्ती रुपमा ताला खोलेको उनीहरुको आरोप छ । आक्रोशित विद्यार्थीहरुले फेरि ताला लगाउन खोजेपछि स्थिती तनावग्रस्त बनेको हो ।

आक्रोशित विद्यार्थीहरुले तालाबन्दी गर्न खोज्दा प्रहरीले रोक्न खोजेपछि केहीबेर धकेलाधकेल समेत भएको छ । नर्सिङकी एक विद्यार्थी रविना मिश्र ईमरजेन्सीमा भर्ना भएकी छन् । प्रहरीले छातीमा हानेको उनले बताईन् । तर, प्रहरीले भने विद्यार्थीहरुलाई केही नगरेको दाबी गरेको छ ।

अस्पताल परिसरमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिती छ । कलेज प्रशासनले माग सुनुवाई नगरेको भन्दै विद्यार्थीहरुले कलेजको ओपिडी, ईसिएचएस, बिलिङ काउण्टर बन्द गरिदिएका थिए । तर, प्रहरीले सोमबार बिहान विद्यार्थीहरु आईनपुग्दै ताला फुटाएको छ ।

Dabur Nepal
NIC Asia

उनीहरुले बिलिङ काउण्टर पुनः बन्द गरिदिएका छन् । आक्रोशित विद्यार्थीको भिडले अस्पतालभित्रै नाराबाजी गर्दै कलेज प्रिन्सिपल र मेडिकल सुपरिटेन्डेन्टको राजीनामा समेत माग गरेका छन् ।

विद्यार्थीहरुको आन्दोलनको आज २६ औँ दिन पुगेको छ । यस्तै, रिले अनसनको १६ औँ दिन पुगेको छ । कलेज प्रशासनले माग पुरा नगरेसम्म आन्दोलन फिर्ता नलिने उनीहरुको भनाइ छ । विभिन्न चार बुँदे मागसहित आन्दोलनरत ८३ विद्यार्थीहरुले एमबिबिएसको परिक्षा समेत दिएनन् ।

विद्यार्थीहरुले सामाजिक सञ्जाल फेसबुकमा जिएमसी सोलिडारीटी फर जस्टिस पेज बनाएर आन्दोलनमा सहयोगको आह्वान समेत गरेका छन् । 

सामाजिक सञ्जालमा राखिएको एक तस्बिर अनुसार २०१५ यताका ५१२ जना विद्यार्थीहरुबाट कलेज प्रशासनले ५१ करोड रुपैयाँ बढी शुल्क उठाएको उल्लेख गरिएको छ । एमबिबिएस, बिडिएस, बिएमएलटी, बिएमआईटी, बिएनएस, बिएस्सी नर्सिङ, फार्मेसीमा अध्ययनरत विद्यार्थीहरुबाट उक्त रकम उठाइएको विद्यार्थीहरुको आरोप छ । मनपरि रुपमा लिएको शुल्कको रसिद समेत कलेज प्रशासनले नदिएको आरोप उनीहरुको छ । खाली स्लिपमा हस्ताक्षर गरेर रकम बुझेको भन्दै जिल्ला प्रशासन कार्यालयमा समेत विद्यार्थीहरुले प्रमाण पेश गरेका छन् ।

यस्तै, पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न आएका विद्यार्थीहरुबाट पनि कलेजले विभिन्न शिर्षकमा रकम उठाउने गरेको आरोप विद्यार्थीहरुको छ ।

बैदाम प्रहरी कार्यालयका डिएसपी कोमल शाहले कलेज प्रशासनकै रोहबरमा ताला खोलिएको बताए । ‘अति आवश्यक सेवा पनि बन्द भएका कारण कलेज प्रशासनको रोहबरमा ताला खोलेका हौँ’ उनले भने ।

तर, विद्यार्थीहरुले ईमरजेन्सी सेवा भने बन्द गरेका छैनन् । कलेज प्रशासनले केही दिन अघि सञ्चारमाध्यममा सार्वजनिक आह्वान भन्दै ईमरजेन्सी सेवा पनि बन्द भएको सूचना प्रकाशन गरेको थियो ।

अनुगमन समितिले के गर्दैछ ?
विद्यार्थीहरुको आन्दोलन चर्किँदै गएपछि गतसाता त्रिविले अनुगमनको लागि ३ सदस्यिय टोली खटाएको थियो । टोलीका संयोजक डा. ओमप्रसाद बरालले विद्यार्थी र कलेज प्रशासनसँग आवश्यक डकुमेन्ट लिईएको र अध्ययन गरिरहेको बताए ।

‘डकुमेन्ट लिएर आएका छौँ, अध्ययन गर्दैछौँ, त्यसको प्रतिवेदन बन्छ, प्रतिवेदन सत्यतथ्य हुन्छ कसैको पक्षविपक्षमा हुँदैन,’ उनले भने, ‘प्रतिवेदन हामीले कार्यकारी परिषदमा बुझाउँछौँ, त्यसले कार्यान्वयन गर्छ ।’

विद्यार्थीले दिएको प्रमाण र कलेजको विवरण अध्ययन गर्ने र प्रतिवेदन बनाईने उनले जनाए । निश्चित समय नभएतापनि जतिसक्दो चाँडो प्रतिवेदन तयार पार्न आफूहरु लागिपरेको उनले जनाए । 

प्रतिवेदन विद्यार्थीले मान्नेमा आशंक छ नि भन्ने प्रश्नमा उनले भने, ‘कार्यकारी परिषदमा बुझाएको प्रतिवेदन गलत भएको खण्डमा हामीहरु पनि तानिन्छौँ, कसैको पक्षविपक्षमा लागेर प्रतिवेदन आउँदैन, प्रतिवेदन चित्त नबुझे विद्यार्थीहरु अदालत सम्म जान सक्छन् ।’

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १३, २०७५  १५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu