site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेकपामा दुई पूर्वअध्यक्ष ९ महिनादेखि ‘बेरोजगार’
SkywellSkywell

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रियाले गति लिन नसक्दा साविक एमाले र माओवादी केन्द्रका संगठित–क्रियाशील सदस्यमात्रै होइन शीर्ष नेता नै बेरोजगार छन् ।

गत जेठ ३ गते दुई पार्टी एक भए यता एकता प्रक्रिया प्रदेश तहसम्म विस्तार हुन सकेको छ । एकीकरणका लागि गठित चारवटै कार्यदल निस्प्रभावि हुँदा एकता प्रक्रिया तहगत कमिटीमा ओर्लन सकेको छैन । भ्रातृ संगठन पनि विघटनप्रायः छन् ।

एकीकरणका लागि गठित पछिल्लो कार्यदलको प्रतिवेदन सचिवालयमा पेस भएको छ । र, फागुन महिनाभित्रै एकता प्रक्रियालाई अन्तिम रूप दिनेगरी शीर्ष तहमा छलफल भइरहेको नेताहरूले बताएका छन् ।

KFC Island Ad
NIC Asia

सोमबार बसेको नेकपाको सचिवालय बैठकमा रामबहादुर थापा ‘बादल’ संयोजकत्वको कार्यदलले तयार पारेको आंशिक प्रतिवेदन पेस भएको थियो । ९ गते ९ बजे बस्ने कार्यदलसहितको सचिवालय बैठकले संगठनात्मक एकीकरण टुंग्याउने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ बताउँछन् ।

पूर्वप्रधानमन्त्री र पार्टी अध्यक्ष नै भूमिकाविहीन
नेकपामा ९ सदस्यीय सचिवालय, ४५ सदस्यीय स्थायी कमिटी र ४४१ सदस्यीय केन्द्रीय कमिटी छ । तर, अध्यक्ष, महासचिव र पार्टी प्रवक्ताबाहेकको जिम्मेवारी र भूमिका विधानले किटान नगरेको र स्थायी कमिटी र केन्द्रीय सदस्यहरूको कार्यविभाजनसमेत नभएकाले अधिकांश भूमिकाविहीन छन् ।

Royal Enfield Island Ad

नेकपाको विधानले पार्टी अध्यक्षद्वयलाई पार्टीको प्रमुख नेताका रूपमा समग्र पार्टीको नेतृत्व गर्नेसहित ७ वटा अधिकार प्रत्यायोजन गरेको छ  । महासचिवलाई ५ र प्रवक्तालाई ३ अधिकार प्रत्यायोजन गरिएको छ । बाँकीको कामको क्षेत्र विधानले नतोकेकाले भूमिकाविहीन हुनुपरेको नेकपाका नेताहरू बताउँछन् ।

मदन भण्डारीको देहावसानदेखि २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनसम्म पार्टी प्रमुख (महासचिव)को भूमिका निर्वाह गरेका तेस्रो वरीयताका नेता माधव नेपाल नेकपामा अहिले बेरोजगारप्रायः छन् ।

सचिवालय, स्थायी कमिटीको बैठकमा निर्णय प्रक्रियामा सहभागी हुने बाहेक दैनिक पार्टी सञ्चालनमा उनको भूमिका छैन । काठमाडौं–२ बाट प्रतिनिधिसभामा निर्वाचित हुनाले राजकीय जिम्मेवारीमा त छन् । तर, संसदीय दलमा पनि उनको भूमिका छैन ।

१४ वर्ष पार्टी प्रमुखको जिम्मेवारी सम्हालेका र २०७१ साउमा सकिएको एमालेको नवौँ महाधिवेशनमा अध्यक्षको प्रत्यासी रहेर झिनो मतान्तरले पराजित नेता नेपालसँग मुलुकको कार्यकारी प्रमुखको समेत भूमिका निर्वाह गरेको अनुभव छ ।

तर, आफ्नै पार्टी नेतृत्वको सरकार हुँदा आफूसँग कुनै परामर्श तथा सल्लाह नलिएको र दिन नपाएको दुखेसो उनले पोख्दै आएका छन् ।

फागुन १ गते जनकपुरमा आयोजित एक कार्यक्रममा  सरकार र पार्टी सञ्चालनमा दुवै अध्यक्षले सरसल्लाह नगरेको र आफूखुसी निर्णय लिएको उनले गुनासो गरे ।

२०६६ जेठ ११ गतेदेखि २०६७ माघ २२ गतेसम्म मुलुकको ३३ औँ प्रधानमन्त्री रहेका नेपाल नेकपा एकीकरण हुनुपूर्व पार्टीको वैदेशिक मामिला विभाग प्रमुख थिए ।
एकतापश्चात पनि उनी पार्टीको सोही भूमिकामा त छन् । तर, औपचारिक जिम्मेवारीका हिसाबले हैन ।

“तत्कालीन एमाले छँदा जुन विभागीय जिम्मेवारी सम्हालिरहनुभएको थियो, विदेश विभाग, भूमिकाका हिसाबले अहिले पनि त्यही काम गरिरहनुभएको छ । तर, पार्टी कमिटीले बैठक बसेर कुनै नेतालाई जिम्मेवारी तोकेको छैन,” नेपाल निकट नेता बताउँछन् ।

पार्टी एकतालगत्तै कार्ल माक्र्स द्वीशतवार्षिकी कार्यक्रम मनाउन नेकपाले नेता नेपाललाई जिम्मेवारी दिएको थियो । त्यसपछि भने उनले कुनै जिम्मेवारी पाएका छैनन् ।

युनिभर्सल पिस फेडेरेसनले आयोजना गरेको एसिया प्रशान्त सम्मेलनको अध्यक्षता पनि नेता नेपालले गरे । निकै विवादितसमेत भयो, उक्त कार्यक्रम । गत माघ १६ गते लाओ पिपुल्स रिभोलुसनरी पार्टी तथा जनवादी गणतन्त्र लाओसको निमन्त्रणामा सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दैै नेता नेपाल लाओस भ्रमणमा गए । त्यसभन्दाअघि गत असोजमा नेपाल चीन भ्रमणमा समेत गएका थिए । यी सबै कार्यक्रम पार्टीको आधिकारिक जिम्मेवारी बाँडफाँटका आधारमा नभइ पूर्व वैदेशिक मामिला विभाग प्रमुखको हैसियतमा भूमिका निर्वाह गरेको नेपाल निकट नेता बताउँछन् ।

पार्टीभित्र भूमिकाको खोजीमा रहेका अर्का नेता हुन्– झलनाथ खनाल ।

०६५ देखि ०७१ सम्म ६ वर्ष पार्टी नेतृत्वको जिम्मेवारी सम्हालेका नेता खनाल माओवादी केन्द्रसँग पार्टी एकता गरेपछि भने ओझेलमा परेका छन् । नवौं महाधिवेशनले पारित गरेको विधानअनुसार उनी नेकपा एमालेको वरिष्ठ नेता थिए ।

तर, एकताका बेला भने उनी घटुवामा परे र वरीयतामा माधव नेपालभन्दा पछि परे । यसैलाई लिएर नेता खनालले पार्टी सचिवालयमा असन्तुष्टि दर्ज गराएका छन् । तर, सुनुवाइ भएको छैन ।

पार्टी एकतापूर्व खनाल स्वतन्त्र नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारीमा थिए । खनालका अनुसार त्यसले ‘थिंक ट्यांक’को काम गर्ने लक्ष्य लिएको थियो । पार्टी एकतासँगै ‘थिंक ट्यांक’को उपादेयता पनि समाप्त भयो ।

एकतापछि खनाल पनि जिम्मेवारीविहीन् भएका छन् । पार्टीले कुनै जिम्मेवारी नदिएकाले उनी आफैँ जिल्ला दौडाहा निस्कन लागेको खनालनिकट स्रोत बताउँछ ।

“पार्टी अध्यक्षद्वयले एकीकरणलाई टुंग्याउन चासो र चिन्ता नदेखाएले उहाँ आफैँ जिल्ला दौडाहामा निस्कने योजनामा हुनुहुन्छ, सम्भवतः फागुन १२ गतेबाट उहाँ जिल्ला दौडाहामा निस्कनुहुन्छ,” खनाल निकट स्रोतले बाह्रखरीसँग भन्यो ।

माधव नेपाल प्रधानमन्त्रीबाट बहिगर्मित भएलगत्तै २०६७ माघमा मुलुकको ३४ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका नेता खनालसँग सरकार प्रमुख सम्हालेको अनुभव छ । तर, वर्तमान सत्ता सञ्चालनमा आफूले परामर्श दिन नपाएको र पार्टी अध्यक्ष ओलीले पूर्वअध्यक्ष तथा  पूर्वप्रधानमन्त्रीसँग राय–सुझाव लिने त परको कुरा भेटसमेत दिने नगरेको नेकपाका शीर्ष तहका नेता बताउँछन् ।

बिरामी हुनुपूर्व वयोवृद्ध नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले यस्तै गुनासो गरेका थिए । प्रधानमन्त्री भेट्न आफूले पटक–पटक ताकेता गरेको, समय मागेको तर प्रधानमन्त्रीको सचिवालयले वेवास्ता गरेर समय उपलब्ध नगराइदिएको उनको चित्त–दुखाइ थियो ।

विभाग नबन्दासम्म बेरोजगार 
विभागले पूर्णता नपाउँदासम्म शीर्ष (सचिवालय तहका) नेताहरू समेत बेरोजगार रहने नेकपा स्थायी कमिटी सदस्य बेदुराम भुसाल बताउँछन् ।

नेकपाले अहिले ३२ वटा विभागको प्रस्ताव गरेको छ । ती विभाग र फाँट (जनसंगठन) इन्चार्जहरू तोकिँदा सबैले जिम्मेवारी पाउने उनको दाबी छ । नेकपाभित्र २२ जनसंगठन क्रियाशील छन् । स्थायी कमिटी, पोलिट्ब्युरो सदस्य र कतिपयमा केन्द्रीय सदस्यमध्येबाटै पनि इन्चार्ज, सहइन्चार्ज तोकिने भुसालको भनाइ छ । क्याबिनेटमन्त्रीहरूलाई विभाग र फाँट प्रमुखको जिम्मेवारी निदइने भुसाल बताउँछन् ।

“विभाग र फाँट प्रमुख नतोकिँदा अन्यौलता भएको हो, अब बस्ने कार्यदल र सचिवालयको संयुक्त बैठकले एकीकरणको विस्तृत खाका तयार पार्छ, अन्यौलता धेरै हदसम्म पन्छन्छ,” उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ७, २०७५  १४:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro