site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कार्यदलमै अड्कियो एकता, नेता भन्छन्– नेतृत्व अकर्मण्य
SkywellSkywell

काठमाडौं । संगठनात्मक एकतालाई निष्कर्षमा पुर्‍याउन गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पछिल्लो कार्यदलले पनि एकीकरण प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सकेन ।
गत पुस मंसिर गतेदेखि पुस १२ गतेसम्म चलेको पार्टी स्थायी कमिटीको बैठकले संगठनात्मक एकतालाई टुंगोमा पुर्‍याउन गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’को नेतृत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको थियो । २५ पुससम्म एकताको प्रस्ताव तयार पार्ने कार्यादेश पाएको भए पनि कार्यदल निस्क्रिय बनाएर नेतृत्व अकर्मण्य बनेको आरोप नेताहरुले लगाउन थालेका छन् ।

पार्टीका वरिष्ठ नेता एवम् सचिवालय सदस्य झलनाथ खनालले कार्यदल निस्क्रिय रहेकोमा आफू आश्चर्यमा परेको बताए । अध्यक्षहरूको मनशाय कार्यदललाई निस्क्रिय बनाउने र आफू सक्रिय हुने रहेको भन्दै उनले तुरुन्तै बैठक बसेर काम थाल्न सुझाव दिए । “कार्यदललाई सक्रिय बनाउनुको विकल्प पार्टीसँग छैन । स्थायी कमिटीले काम सक्ने जिम्मेवारी पनि कार्यदललाई नै दिएको हो,” उनले थपे ।

दोहोरो जिम्मेवारी
साढे ९ महिना बित्दा पनि एकीकरण प्रक्रिया विस्तारित हुन नसकेपछि नेकपाको एकता प्रक्रिया निकै जटिल बन्दैछ । कार्यकर्ता बेरोजगारप्रायः छन् । कार्यविभाजन नहुँदा केन्द्रीय सदस्य भूमिकाविहीन छन् । केन्द्रीय निकाय, विभाग तथा ज्येष्ठ कम्युनिस्ट मञ्च गठन नै हुन सकेको छैन । भ्रातृ, जनसंगठन अस्तव्यस्त छन् । जिल्ला स्थानीय तहको कमिटी, संरचना नहुँदा पार्टीले जितेका स्थानीय तह र जनप्रतिनिधि लगामबिनाका घोडाजस्ता भएको गुनासो छ, कतिपयको ।

KFC Island Ad
NIC Asia

एकताका कामलाई पूर्णता दिन गठित कार्यदलले काम गर्न नसक्नुमा दोहोरो जिम्मेवारी कारक बनेको नेकपाका नेताहरू बताउँछन् । कार्यदलका संयोजक रामबहादुर थापाले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । वर्षमान पुन, रघुवीर महासेठ पनि संघीय सरकारका मन्त्री छन् । पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका शंकर पोखरेलले पनि कार्यदललाई समय दिन नभ्याएको कार्यदलका सदस्य बताउँछन् ।

“कार्यदलका सदस्यहरू दोहोरो जिम्मेवारीमा रहेकाले नियमित बैठक बस्न समस्या उत्पन्न भएकै छ । त्यो भन्दा पनि कार्यदलमार्फत् संगठनात्मक एकीकरण टुंग्याउने मनशाय पार्टी नेतृत्वको देखिएन,” कार्यदलका एक सदस्य बताउँछन् ।

Royal Enfield Island Ad

एकीकरण प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन चारवटा कार्यदल गठन गरे पनि कुनै पनि कार्यदलले कार्यादेश पूरा गरेका छैनन् । जेठ ३ को पार्टी एकता पनि एकता संयोजन समितिले नभई दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै टुंग्याएका थिए । ९ सदस्यीय सचिवालय, ४४१ सदस्यीय केन्द्रीय कमिटी, ४५ सदस्यीय स्थायी कमिटी तथा प्रदेश कमिटीको नेतृत्व बाँडफाँट सबै दुई अध्यक्षले टुंग्याएका थिए । प्रदेश कमिटीलाई पूर्णता दिने काम महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापाको दुई सदस्यीय कार्यदलले गर्‍यो ।

एकीकरणको बाँकी काम पनि दुई अध्यक्षले नै टुंगो लगाउन कार्यदललाई निस्क्रिय राखिएको सदस्यहरूले आरोप  लगाउन थालेका छन् । “कार्यदलको गृहकार्य अनुरूप नै दुई अध्यक्षले टुंगो लगाउने हो, तर कार्यदलले काम नै गर्न सकिराखेको छैन,” स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बाह्रखरीसँग भने । उनले कार्यदलले जति चाँडो काम सक्छ, त्यति चाँडो दुई अध्यक्षले त्यसलाई अन्तिम रूप दिने जानकारी दिए ।

विवादको चुरो
महासचिव पौडेल र गृहमन्त्री थापाको कार्यदलले प्रदेश कमिटी गठन गरेपछि केही सदस्यहरू मापदण्डअनुरूप नपरेको भन्दै स्थायी कमिटीमा विवाद भयो । प्रदेश कमिटी हेरफेरदेखि पुनर्गठनको प्रस्तावसम्म अघि सारियो । प्रदेश कमिटी पुनर्विचार गर्ने जिम्मा कार्यदललाई नै दिइयो ।

विशेषगरी पाँच नम्बर प्रदेश कमिटीमै त्यस्तो समस्या देखिएपछि मापदण्डमा नपरेका सदस्य हटाउने, नभए दश प्रतिशत मनोनीत गरेर भए पनि स्थायी कमिटीको भावनाको सम्बोधन गर्नुपर्ने तर्क नेता माधवकुमार नेपाल समूहले गरिरहेको छ ।

महासचिव पौडेललगायत अध्यक्ष ओली समूह त्यसमा सहमत हुन नसकेपछि कार्यदललाई अलपत्र पार्न खोजिएको एक सदस्य बताउँछन् । “प्रदेश कमिटी पुनर्विचार गर्ने विषयमै मत बाझिएपछि कार्यदलको बैठक नियमित बस्न नसकेको बुझेका छौँ । कार्यदलका सदस्य त्यसमा गृहकार्य गर्दै हुनुहुन्छ, उहाँहरूको गृहकार्य सकिएपछि बैठक बसेर प्रस्ताव तयार पार्ने काम हुन्छ,”  देवेन्द्र पौडेलले बाह्रखरीसँग भने ।

विधान परिमार्जनमा सहमत
हालसम्म ५ पटक बसेको कार्यदलको बैठकले विधान परिमार्जनको काम टुंग्याएको छ । पार्टी एकतायता तीन पटक फेरिँदै छापिएको अन्तरिम विधान अब अन्तिम सम्पादनसहित छापिने अर्का सदस्य बताउँछन् ।

उनका अनुसार विधानको प्रस्तावनामा हेरफेर गरिएको छ । त्यस्तै सहमति गरेर मस्यौदामा राखिएको र छाप्न लैजाँदा प्रेसबाटै गायब पारिएको ‘साम्यवाद’ शब्दलाई पुनः फिर्ता ल्याइएको छ । अब नेकपाको न्यूनतम कार्यक्रम वैज्ञानिक समाजवाद हुनेछ र अधिकतम लक्ष्य साम्यवाद हुनेछ ।

कार्यदलका अनुसार एकीकरणलगत्तै स्थायी कमिटीमा छलफल भई पारित भएअनुसार नै स्थायी कमिटीको बैठक दुई–दुई महिनामा बस्ने गरी संशोधन गरिएको छ । अहिले प्रकाशनमा आएको विधानमा स्थायी कमिटी तीन–तीन महिनामा बस्ने उल्लेख छ । शुरूमा छलफल भई मस्यौदा गरिएको र छाप्ने क्रममा ‘नियतवश’ हटाइएका कुराहरू पुनः राखिएको ती सदस्य बताउँछन् ।

९ महिनामा केके गर्‍यो नेकपाले ?
माघ ३ गते नेकपा गठन भएको ९ महिना पूरा भयो । ९ महिनाको अवधिमा नेकपा प्रदेशको संरचनासम्म पुग्न सकेको छ । ९ महिनाको अवधिका नेकपाले एकीकरणको काम सक्न चार कार्यदल निर्माण गर्‍यो । १६ जेठमा अन्तर पार्टी निर्देशन (अपानी) जारी गर्दै सात प्रदेश, एक प्रवास र ७७ जिल्ला र २२ जनसंगठनमा एमाले र माओवादी केन्द्रका दुई–दुईजना सदस्य रहेको कार्यदल गठन गर्‍यो ।

१५ दिनभित्र एकीकरणको प्रस्ताव तयार पार्न भने पनि भदौ मसान्तसम्ममा पनि ती कार्यदलले जिम्माको काम पूरा गरेनन् । एकाधबाहेक ती कार्यदलले प्रतिवेदन नै बुझाउन सकेनन् । प्रदेश तहमा गठित १ र २ नम्बर प्रदेश कार्यदलले प्रतिवेदन नै बुझाएनन् । कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा एकता प्रक्रिया टुंग्याउन नसकेपछि तल्ला तहका कमिटी एकीकरणको प्रस्ताव तयार पार्ने जिम्मा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दियो, २८ भदौमा बसेको पार्टी सचिवालयको बैठकले ।

५ असोजमा बसेको पार्टी सचिवालयको बैठकले सात वटै प्रदेश कमिटीमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गर्‍यो । तर, गण्डकी र पाँच नम्बर प्रदेश इन्चार्ज मुख्यमन्त्रीको जिम्मेवारीमा रहेकालाई दिइएको भन्दै नेता नेपाल समूह रुष्ट बन्यो ।

प्रदेश कमिटीको संरचना निर्माण गरेपछि पनि पार्टी एकताले गति लिन सकेन । ८ कात्तिकमा बसेको सचिवालय बैठकले विष्णु पौडेल र रामबहादुर थापा बादल रहेको अर्को कार्यदल गठन गर्‍यो । त्यसले प्रदेश कमिटीलाई पूर्णता दियो ।

विधानतः ३ महिनामा डाक्ने भने पनि नेकपाको स्थायी कमिटीको बैठक २१ असारदेखि बस्न सकेन । ६ महिनापछि २८ मंसिरमा स्थायी कमिटीको बैठक बोलाइयो । १२ गते सकिएको स्थायी कमिटीको बैठकले पुनः ९ सदस्यीय कार्यदल बनाएर १५ दिनभित्रमा संगठनात्मक एकीकरण सक्ने कार्यादेश दिइयो । तर, एक महिनासम्म पनि कार्यदलले जिम्मेवारी पूरा गर्न सकेको छैन ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २०, २०७५  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro