site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक साँझको कथा बोकेको ‘डाइङ क्यान्डल’

काठमाडौं । दुई घण्टामा तीन पुस्ताको कथा भन्ने,केटा र केटीबीचको माया प्रेमलाई चलचित्रमा बेच्ने कलिउडको पूरानै सूत्र हो । ६० वर्ष लामो यो सूत्र अझै पनि कलिउडको मेन स्ट्रिममै छ ।

वार्षिक सय बढी चलचित्र यही कथामा केन्द्रित भएर जन्मन्छन् । यसकै वरिपरी घुमिरहेकाछन् नेपाली निर्देशक तथा निर्माताहरु ।
तर, केही निर्देशकहरु पनि छन् जो केही नयाँ कथा बोकेर  कलिउडका दर्शकमाझ आफूलाई ‘एक्सपेरिमेन्ट’ गरिरहेका छन् । मिन भामले ‘कालो पोथी’ मार्फत र दीपेन्द्र के खनालले ‘पशुपतिप्रसाद’ मार्फत किनारा लागेका विषयबस्तुलाई कलिउडमा उभ्याए, सफल पनि भए । दीपक रौनियारले ‘सेतो सूर्य’ मार्फत केही चलचित्रले उठाएको विषय भएपनि फरक तरिकाले पस्किए । उनी थिएटरमा औषतमा दरिए ।

अहिले नरेश केसी कलिउडमा फरक कथा बोकेर आएका छन् । माघ २८ गते थिएटर मार्फत ‘डाइङ क्यान्डल’ बोकेर उनी दर्शक माझ जाँदैछन् । सुन्दा अनौठो लाग्न सक्छ, दिदी भाइबीचको आत्मिय सम्बन्ध उनको चलचित्रको आत्मा हो ।

हेन्डसम व्वाई र प्रिटी गर्लको प्रेम कहानी पस्किएको यो चलचित्र नगरीमा ‘डाइङ क्यान्डल’ ले दिदी भाइको आत्मिय सम्बन्ध र यही सम्बन्धलाई लिएर हुने ‘सेक्रिफाइ’ को कथा भन्दैछ ।

हाम्रा आम चलचित्रले तीन पुस्ताको कथा दर्शकलाई देखाउँछन् । नरेश एक साँझको कथा भन्दैछन् । “यस्ता खालका चलचित्र बनाउनुपर्छ र ‘वल्र्ड सिनेमा’ (विश्व बजारमा जाने चलचित्र) बनाउनुपर्छ भन्ने लागेर बनाएको हुँ,” निर्देशक नरेश भन्छन्, “हाम्रो आफ्नै कथा भन्न सुरु गर्नुपर्छ भनेर पनि बनाएको हुँ ।”

यहाँ कथालाई गौण प्रायः ठानिन्छ । ‘स्टारडम’ले चलचित्र चलाउन खोजिन्छ । यस्तो बजारमा तपाइँ महिला (सिर्जना सुब्बा) लाई मुख्य पात्र बनाएर चलचित्र हेर्न हलसम्म दर्शकलाई तान्न खोज्दै हुनुहुन्छ नि सम्भव छ ? यो प्रश्नमा नरेश भन्छन्, “स्टारडमले चलचित्र दुई दिन चल्छ, बाँकी कन्टेन नै विक्ने हो । यो चलचित्र म चल्छ नै त भन्न सक्तिन तर दर्शकले नेपाली मौलिक विषय बस्तु रहेछ चाँही भन्नुहुन्छ ।”

चलचित्रमा ठूलो लगानी हुन्छ । निर्माताले त्यसको प्रतिफल खोज्छ नि हैन ? नरेश भन्छन्, “नेपालमा मेन स्ट्रिममा एक सयभन्दा धेरै चलचित्र बन्छन् तर मुस्किलले ४/५ वटा चल्छन् । तर मौलिकता बोकेका चलचित्र २/३ वटा बन्छन् तर चलिरहेका छन् । प्रतिशतको हिसावले हेर्ने हो भने मौलिक  कथा बोकेका चलचित्र चरिरहेका छन् ।”

मौलिक विषयमा बोकेका चलचित्र कम्तिमा अब १० वर्ष बने भने दर्शकमा इन्टरटेन्मेन्ट मात्रै होइन ‘इन्फोटेन्मेन्ट’ मा केन्द्रित चलचित्र हेर्नुपर्छ भन्ने मनोवैज्ञानिक प्रभाव पर्छ र नेपाली स्वादका चलचित्र बन्ने उनको भनाइ छ ।    

नरेशले अमेरिकामा चलचित्रमा मास्टर्स गरे । त्यहीँ हुँदा उनले लेखेको स्क्रिप्ट हो ‘डाइङ क्यान्डल’ को । अमेरिकामा बन्ने चलचित्र उनले हेरेका छन् । त्यहाँका चलचित्र मेकिङबाट पनि उनी प्रभावित भएका छन् । “त्यहाँ नौ महिना वर्कसपमा बसिन्छ र २० दिनमा छायांकन सकिन्छ तर यहाँ तीन दिन वर्कसपमा बसेर ९० दिन फिल्म खिचिन्छ,” उनले सम्झिए ।

नरेशको चलचित्रको ट्रेलर फरक छ, गीत भिन्न छ । हेर्दा नै लाग्छ मेन स्ट्रिम भन्दा फरक छ ।

“मेरो चलचित्रमा पनि केही नयाँ प्रयोग छ । सुरुको झण्डै दश मिनेट मोन्टाज आउँछ । कथा बेग्लै तरिकाले अगाडि बढ्छ,” उनी भन्छन्, “मैले केही र्यान्डम दर्शकलाई चलचित्र देखाँए, केही साथीहरुलाई पनि देखाँए । उहाँहरुले केही ठाउँमा कैचीं चलाउन सुझाव पनि दिनुभयो । तर, मैले मानिन । किनकी यो दश वर्ष पछि पुष्टि हुन्छ, मैले किन कैंची चलाउन मानिन ।”

नरेश केसी निर्देशित चलचित्र ‘डाइङ क्यान्डल’ यही माघ २८ गते अल नेपाल रिलिज हुँदैछ । सिर्जना सुब्बा र लाक्पा सिंगे तामाङ (बाल कलाकार) मुख्य पात्र हुन् भने चलचित्रमा सौगात मल्ल र अर्पण थापा सहायक पात्रका रुपमा देखिँदैछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २५, २०७३  १४:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro