site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महाप्रवन्धक भन्छन्– निगममा कर्मचारी संगठन निमिट्यान्न पार्छु

काठमाडौं । सोमबार दिउँसो होटल र्‍याडिसनमा नेपाल वायु सेवा निगमले एयरबस खरिदबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेको थियो । कार्यक्रममा निगमका महाप्रवन्धकसहित उच्चपदस्थ कर्मचारीहरु मञ्चमा थिए । वायाँ छेउमा थिएः निगमका कर्मचारी संगठनका नेताहरु ।

पत्रकार सम्मेलनमा महाप्रवन्धक सुगतरत्न कंसाकारले एयरबस वाइडवडी ए ३३०–२०० खरिदबारे पत्रकारलाई जानकारी दिए । निगमको वर्तमान अवस्था र भावी योजनाबारे सुनाए ।  

कार्यक्रमको अन्तिमतिर महाप्रवन्धक कंसाकारले भने, “म निगममा कर्मचारी संगठनलाई निमिट्यान्न पार्ने प्रयास गर्दैछु ।” कंसाकारले यसो भन्दा कर्मचारीका नेताहरुको अनुहार रातो भयो । तर कसैले पनि प्रतिक्रया भने जनाएन ।

कंसाकारको असन्तुष्टि रहेछ कर्मचारी सरुवामा कर्मचारी संगठनको हस्तक्षेपप्रति । “३४ वर्ष दुरसञ्चारमा बसेँ, त्यहाँ कुनै प्रकारको हस्तक्षप थिएन,” उनले भने, “यहाँ कर्मचारी सरुवामा माथिबाट भन्न लगाउने चलन रहेछ । केही फोनहरु आउँदा रहेछन् ।”

व्यवस्थापन सुधारका लागि पनि कर्मचारी संगठनको अन्त्य हुनुपर्ने उनको भनाइ थियो । “सुरुमा माथिबाट फोन गर्न लगाउने चलन पनि केही कमी भएको छ,” उनले भने, “म निगममा कर्मचारी संगठनलाई निमिट्यान्न पार्ने प्रयास गर्दैछु ।”

१४ सय कर्मचारी रहेको संगठनलाई व्यवस्थापन गर्न केही समय भने लाग्ने उनको भनाइ थियो । “व्यवस्थापन आजको आजै सबै सुधार हुन्छ भन्ने कुरा म मान्दिनँ यो विस्तार हुँदै जाने हो,” उनले भने, “पहिला व्यवस्थापन सुधार अनि मात्रै जहाज किन्ने भनेर रोक्दा २८ वर्ष वित्यो, अहिले भने सरकार विमान किन्दै व्यववस्थापन सुधार गर्दै जाने कुरामा सहमत भएकोछ ।”

निगममा दक्ष जनशक्तिको कुनै कमजोरी नरहेको भन्दै उनले भनसुन र दबाब बाहेक अन्य कुनै पनि पक्षमा दुरसञ्चारभन्दा कम निगम नरहेको उनको दाबी गरे ।

“निगम एउटा यस्तो संस्था हो, जो यहाँका ३७ वटा संस्थासँग प्रतिस्पर्धा गरिरहेको छ, १४ सय कर्मचारीलाई आँफै तलव खुवाइरहेको छ,” उनले भने, “यति ठूलो संस्थालाई व्यवस्थापन गर्दै लैजानु चुनौतिपूर्ण पनि छ ।”

व्यवस्थापनलाई मुद्दा बनाएर सरकारले विमान नकिन्दा २८ वर्षसम्म जहाज खरिद् हुन नसकेको गुनासो गर्दै उनले भने, “२८ वर्षपछि सरकार एक नम्बरमा विमान पनि किन्ने र दुई नम्बरमा निगमको व्यववस्थापन पनि सुधार गर्दै लैजाने कुरामा सहमत भएको छ । अब हामीले अन्तर्राष्ट्रिय तथा निजी वायुसेवा कम्पनीसँग प्रतिस्पर्धा गर्दै अगाडि बढ्नुछ ।”

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २४, २०७३  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro