विशेष
काठमाडौं ।नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीका ७० नेता कार्यकर्ता पक्राउ परेका छन् ।
मुलुकका विभिन्न स्थानमा सुकुम्वासीमाथि ज्यादती भएको भन्दै नेकपा माओवादीले सोमबार नेपाल बन्दको आह्वान गरेको थियो ।
बन्द गराउँदै हिँडेको समूहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट नेकपा माओवादीका नेता विजय थापासहित ७० जना पक्राउ गरेको छ । बन्दका नाममा अराजक गतिविधि गरेको भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी बिक्रम थापाका अनुसार काठमाडौंको कंलकी, गाेंगबु, रत्नपार्क, कोटेश्वर, बानेश्वर लगाएतका क्षेत्रबाट बिप्लव नेतृत्वमा रहेको माओवादीका ७० जना कार्यकर्ता नियन्त्रणमा लिइएको छ । “बन्दका नाममा अराजक गतिविधी गर्न मिल्दैन,”एसएसपी थापाले भने, “राजनीतिक माग पूरा गर्न सर्वसाधारणको सवारी साधन तोडफोड गर्न मिल्दैन । तोडफोडको प्रयासमा रहेकालाई पक्राउ गरिएको हो ।”
एसएसपी थापाका अनुसार माओवादी कार्यकर्ताले विहान ३ बजे नै काठमाडौंका मिनभवन र नयाँ बसपार्कमा दुई वटा ट्याक्सीमा आगजनी गरेका छन् ।
प्रकाशित मिति: सोमबार, साउन १०, २०७३ ०८:३७
प्रतिक्रिया दिनुहोस्