site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अध्यक्षद्वयले भेटेनन् ने क पाका २२ केन्द्रीय सदस्यलाई
SkywellSkywell

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंगलबार (आज) बस्दैछ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले केन्द्रीय सदस्यको कार्यविभाजनको प्रस्ताव तयार नपार्दा बैठक स्थगित थियो ।

आज बस्ने बैठकले प्रदेश कमिटी र केन्द्रीय समितिको कार्यविभाजन टुंगो लगाउने नेताहरूले जानकारी दिएका छन् । गत बिहीबारदेखि जारी सचिवालयको बैठकको कार्यसूचीमा पोलिट्व्युरो गठन पनि थियो । सचिवालयका नेता झलनाथ खनालले केन्द्रीय सदस्यको कार्यविभाजअघि पोलिट्व्युरोको गठन नहुने जानकारी दिए ।

नेताद्वय माधव नेपाल र खनालले पोलिट्व्युरो गठनको प्रस्ताव अघि सारेको भए पनि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले केन्द्रीय सदस्यको कार्यविभाजनपूर्व पोलिट्व्युरो गठन नगर्ने अडान लिएपछि पोलिट्व्युरो गठन प्रक्रिया पछि धकेलिएको स्रोतले जनाएको छ ।

KFC Island Ad
NIC Asia

नेकपाको विधानअनुसार केन्द्रीय सदस्यको एकतिहाई संख्याको पोलिट्व्युरो रहने प्रावधान छ । जसअनुसार १४७ सदस्यीय पोलिट्व्युरो बनिसक्नुपर्ने थियो ।

तर, एकीकरण भएको सात महिनामा पनि पोलिट्व्युरो गठन नभएको भन्दै नेकपाभित्र असन्तुष्टि झाँगिएको छ । २२ केन्द्रीय सदस्यले पोलिट्व्युरोको गठन र तत्काल केन्द्रीय कमिटी बैठकको माग गर्दै महासचिव विष्णु पौडेलमार्फत् ज्ञापनपत्रसमेत बुझाएका छन् ।

Royal Enfield Island Ad

यसरी गरिँदैछ कार्यविभाजन
प्रदेश कमिटीलाई पूर्णता दिने र केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने जिम्मा पार्टी अध्यक्षद्वयलाई दिएर शनिबारको बैठक स्थगित गरियो । अध्यक्षद्वयले त्यसमा आइतबार गृहकार्य गरेर सोमबारको बैठकले कार्यविभाजन टुंगो लगाउने भने पनि अध्यक्षद्वको कार्यव्यस्तताले गृहकार्य गर्न नभ्याइएकाले मंगलबार बैठक बस्न लागेको हो ।

सातवटै प्रदेशमा कमिटीको आकार टुंगो यसअघि नै लागिसकेको छ । प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र उपाध्यक्षसमेत ५ असोजमा बसेको सचिवालयको बैठकले टुंग्याइसकेको छ ।

योग्यता, वरिष्ठता र पार्टी एकताको भावनालाई आत्मसात् गर्दै पूर्वएमालेबाट ५५ र पूर्वमाओवादी केन्द्रबाट ४५ प्रतिशत सदस्य रहनेगरी प्रदेश कमिटी गठन गर्ने तयारी भइरहेको नेताहरूले जनाएका छन् ।

प्रदेश कमिटीमा रहने नाम भने गृहमन्त्री एवम् सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल रहेको दुई सदस्यले प्रस्ताव गरिसकेको छ । तीन नाम अध्ययन गरेर पार्टी अध्यक्षद्वयले अन्तिम रूप दिने नेताहरूले बताएका छन् ।

प्रदेश १ मा २०७ सदस्यीय प्रदेश कमिटी प्रस्तावित छ । त्यस्तै दुई नम्बर प्रदेशमा २०० सदस्यीय कमिटी प्रस्ताव गरिएको छ र १५ सदस्य खाली राखिएको छ । 

मधेशकेन्द्रित पार्टी त्यागी केहीले नेकपा प्रवेश गर्न चाहिरहेको र छुटेका वरिष्ठ र योग्यतम नेताहरूका लागि खाली ठाउँ छाडेको प्रदेश इन्चार्ज सत्यनारायण मण्डलले जानकारी दिए ।
त्यस्तै प्रदेश ३ मा २१७ र  गण्डकी प्रदेशमा १८७ सदस्यीय प्रदेश कमिटी बन्ने छ । प्रदेश ५ मा २०३ र कर्णाली प्रदेशको प्रदेश कमिटीको संख्या १७५ रहने नेताहरूले जानकारी दिएका छन् ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा १८३ सदस्य प्रदेश कमिटी प्रस्तावित छ र त्यसप्रदेशमा कार्यक्षेत्र रहेका केन्द्रीय सदस्य प्रदेशको पदेन सदस्य रहने प्रदेश अध्यक्ष कर्ण थापाले जानकारी दिए ।

पूर्वएमालेले विगतमा अञ्चल कमिटी सदस्य रहेकाहरूलाई प्रदेश कमिटी सदस्यमा प्रस्ताव गरेको छ । “हिजो अञ्चल कमिटीको जिम्मेवारीमा रहेकाहरूमध्ये वरिष्ठताका आधारमा सदस्य प्रस्ताव गरिएको छ,” एक नेताले जानकारी दिए । कतिपय अञ्चलनका कनिष्ठ सदस्यहरू भने त्यसमा नअटाउन सक्ने उनको भनाइ थियो ।

पूर्वमाओवादीले पनि पूर्वएमालेले तय गरेको छनोटको विधि नै अङ्गिकार गरेको छ । यद्यपि उसको अञ्चल कमिटीको व्यवस्थित संरचना नरहेकाले यसअघि केन्द्रीय सदस्य (चार हजार सदस्यीय केन्द्रीय कमिटी रहेका बेला) भइसकेका समेत प्रदेशमा रहन सक्नेछन् ।

मुख्यमन्त्रीको नजर जिल्ला इन्चार्जमा पनि
असोज ५ गते सचिवालयको बैठकले गण्डकी प्रदेश इन्चार्जमा त्यस प्रदेशका मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका पृथ्वीसुब्बा गुरूङ र पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई पनि प्रदेशको इन्चार्ज बनाइएको विषय पार्टीभित्र निकै पेचिलो भयो । नेता नेपालले सार्वजनिक रूपमै दोहोरो जिम्मेवारीको आलोचना गरे ।

तर, बिहीबारको सचिवालयको बैठकले ‘नहटाउने’ निर्णय गरेपछि सांसद (प्रतिनिधिसभा र प्रदेशसभा) मन्त्रीहरूलेसमेत जिल्ला इन्चार्ज र सहइन्चार्जको भूमिका पाउने सम्भावना बलियो बनेको छ । 

“प्रदेशका मुख्यमन्त्री इन्चार्ज हुने, सांसदलाई चाहिँ जिम्मेवारीबाट विमुख गराउन भएनन नि ?,” एक केन्द्रीय सदस्य प्रश्न गर्छन् । त्यस्तै स्थायी कमिटी सदस्यलाई प्रदेश इन्चार्ज र विभागको जिम्मेवारी दिइने छ ।

नेकपामा १०७ जिल्ला कमिटी, २२ जनसंगठन, ३२ विभाग, प्रवाससमेत गरी ९ प्रदेश रहेका छन् ।

ठूला जिल्लाको इन्चार्जमा आँखा !
झापा, मोरङ, धनुषा, काठमाडौँ, रुपन्देहीलगायत केही ठूला (निर्वाचन क्षेत्र र जनसंख्या बढी भएका) जिल्लाको इन्चार्जमा पूर्वएमाले र माओवादी केन्द्रको आँखा परेको छ । ती जिल्लामा पोलिट्व्युरो तहका नेताले इन्चार्जको जिम्मेवारी पाउने छन् ।

स्रोतका अनुसार काठमाडौँमा पूर्वमाओवादी केन्द्रबाट हिमाल शर्मा र पूर्वएमालेबाट सावित्रा भुसालको नाम चर्चामा छ । त्यस्तै भक्तपुरमा महेश बस्नेत र सोम मिश्रको नाम चर्चामा छ । मिश्र चाँगुनारायण नगरपालिकाको मेयर भएकाले बस्नेतकै सम्भावना बलियो छ ।

काठमाडौँ पूर्व एमालेका भागमा परे ललितपुर पूर्वमाओवादीको भागमा पर्नेछ । हरि दाहालको सम्भावना ज्यादा छ ।

अध्यक्षले भेट दिएनन् २२ केन्द्रीय सदस्यलाई
सचिवालय बैठकको पूर्वसन्ध्यामा डा. विजय पौडेलको अगुवाइमा २२ केन्द्रीय सदस्यले विष्णु महासचिव पौडेलमार्फत् ज्ञापनपत्र बुझाएका थिए– पोलिट्व्युरो गठन, सचिवालयलाई सर्वेसर्वा बनाइन नहुने र पार्टी विधि र पद्धतिअनुरूप चलाउनुपर्ने माग गर्दै ।

उनीहरूले पार्टी अध्यक्षलाई त्यतिबेलै भेट्न खोजेका थिए तर, महासचिवको हातमा ज्ञापनपत्र बुझाएर फर्कनुपर्यो । पार्टी अध्यक्षलाई अहिलेसम्म भेट गर्न नपाएको र भेट्ने समयको प्रतीक्षामा रहेको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए । “अध्यक्षहरूको समय मिलाउँदैछौँ, अहिलेसम्म समय मिलेको छैन,” गैरेले बाह्रखरीसँग भने । भेट्न नपाए पनि सचिवालयको बैठकले आफूहरूको माग सम्बोधन गर्ने उनको विश्वास थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०७५  १३:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro