site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश मन्त्रिपरिषद् बैठकमा केशव स्थापितको ‘अराजक’ व्यवहार ! भन्छन् –मेरो स्वरै ठूलो 
SkywellSkywell

काठमाडौं । प्रदेश–३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई बर्खास्तको तयारी गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकमा मुख्यमन्त्री डोरमणि पौडेललाई ‘अभद्र व्यवहार’ गरेपछि उनलाई हटाउने प्रस्ताव बोकेर पौडेल काठमाडौं आइपुगेका छन् । र, प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि निर्णय लिइने मुख्यमन्त्रीको सचिवालयले बाह्रखरीलाई जानकारी दियो ।

“उहाँलाई हटाउने प्रस्ताव बोकेर हामी काठमाडौं आइपुगेका छौँ,” मुख्यमन्त्रीको सचिवालयले बाह्रखरीसँग भन्यो, “पार्टी अध्यक्षसँग सरसल्लाह गरेपछि यसविषयमा मुख्यमन्त्रीले आवश्यक निर्णय लिनुहुनेछ ।” मुख्यमन्त्रीय पद्धतिमा डोरमणि आफैँले निर्णय लिन सक्नेछन् । क्याबिनेट मन्त्री हटाउने–नहटाउने उनको आफ्नै तजबीजको कुरा हो । 

तर, यसविषयमा पार्टीसँग पनि परामर्श गरौँ भनेर मुख्यमन्त्री काठमाडौं आएको क्याबिनेटका अर्का एक मन्त्रीले जानकारी दिए ।

KFC Island Ad
NIC Asia

के भएको थियो बुधबार ?

संघीय सरकार नै कामयावी नभएको टीकाटिप्पणी भइरहेका बेला प्रदेश सरकार पनि अछुतो थिएन । अझ प्रदेश सरकारलाई त ‘पेन्डुलम’ को उपमा थमाइएको थियो । चौतर्फी काम नभएको गुनासो बढिरहेका बेला बुधबार प्रदेश मन्त्रिपरिषद्को बैठक बसेको थियो ।
प्रदेश सरकारको कुल ३५ अर्ब बजेटमध्ये झण्डै आधा बजेटको नेतृत्व गरिहेका छन्– केशव स्थापितले ।

Royal Enfield Island Ad

प्रदेशको महत्त्वपूर्ण, विकास–निर्माणसँग सम्बन्धित मन्त्रालय सम्हालेका मन्त्री मुख्यमन्त्रीसँग समन्वय नगरी जिल्ला भ्रमणमा जाने, ब्यानर उद्घाटन गर्ने, खाली गफ गरेर समय व्यतीत गर्ने गुनासो बढेपछि मुख्यमन्त्रीले स्थापितसँग जवाफको अपेक्षा गरेका थिए । र, जिज्ञासा राखेका थिए ।

तर, प्रदेशका एकमन्त्रीका अनुसार उनी ‘कुटौला झैँ’ को शैलीमा प्रस्तुत भए ।

“प्रदेशको कुल बजेटको आधा हिस्सा नै उहाँले ओगट्नु भएको छ । तर, उहाँ ब्यानर उद्घाटन गर्दै हिँड्नुहुन्छ । जिल्लाभ्रमणजस्ता अनुत्पादनशील, बेकामे ठाउँमा मन्त्रालयको बजेट, स्रोत–साधन खर्चनुहुन्छ । मुख्यमन्त्रीले यस विषयमा प्रश्न उठाउनु स्वभाविकै थियो । तर, उहाँले उल्टै हप्कीदप्की गर्दै मुख्यमन्त्रीको मानमर्दन गर्नुभयो,” ती मन्त्रीको दाबी छ ।

उनले भने, “उहाँको शुरूदेखिकै गतिविधि राम्रो छैन । गफ गरेर बस्ने उहाँको बानी छ । आर्थिक वर्ष शुरू भएको ६ महिना बितिसक्यो मन्त्रालयले कुनै परिणाम दिन सकेको छैन । एउटा मन्त्रीका कारणले सिंगो प्रदेश गतिशून्य त बनाउन भएन नि ! त्यसैले मुख्यमन्त्रीको ‘एक्सन’ ठीक हो ।”

‘बर्खास्तको विकल्प छैन !’

प्रदेश सरकारलाई गति दिन पनि स्थापितको बर्खास्तीको विकल्प नभएको बताउँछन् ती मन्त्री । “सुन्नुभएकै छ प्रदेश सरकारबारे टिप्पणी । यस्तो अराजक मन्त्रीलाई अझै पदमा राखिरहने हो भने, क्याबिनेटकै बदनाम हुन्छ,” उनी थप्छन् । सामान्य गल्ती, कमजोरी भएको भए स्वीकार्न सकिने, समझदारी कायम गरेर जान मिल्ने बताउँदै उनले भने, “बुधबारको प्रस्तुतिले स्थापितको बर्खासीको माग गरेको छ ।”

उनले अन्तिममा जोड दिए, “बुधबारको घटनाको प्रकृति हेर्दा मुख्यमन्त्री र स्थापित एउटै क्याबिनेटमा रहने अवस्था छैन ।”

‘मिटू’ देखि गालिगलौजसम्म !

पछिल्लो समय ‘ह्यासट्याग मिटू’ मार्फत यौन दुर्व्यवहारका घटना उजागर गर्ने ‘ट्रेन्ड’ विश्वव्यापीरूपमा बढेको छ । केही समयअघि सञ्चारकर्मी रश्मिला प्रजापतिले स्थापितविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।
स्थापित काठमाडौं महानगरपालिकाको मेयर छँदा ‘प्रस्ताव’ नस्वीकारेकै कारणले जागिरबाट हात धुनुपरेको प्रजापतिको भनाइ छ । तर, स्थापितले आरोपको खण्डन गर्दै प्रमाणित गर्न चुनौती दिएका थिए । यसै विषयमा काठमाडौँ महानगरपालिकाले पनि प्रजापतिको आरोपको खण्डन गर्दै प्रतिशोधमात्रै भएको बताएको थियो ।

मिटू अभियानले डामेका स्थापित अन्ततः मुख्यमन्त्रीसँगको गालीगलौज प्रकरणमा बर्खासीको तहमा पुगेका छन् । 

मेरो स्वरै ठूलो छ, मुख्यमन्त्रीसँग ‘सामान्य भनाभन’ भएको हो, हटाउनुपर्नेगरी हैन :  स्थापित 

यस प्रकरणबारे स्थापितसँग बुझ्दा उनले सामान्य भनाभनमात्रै भएको र आफ्नो स्वरै ठूलो भएको प्रतिक्रिया दिए । उनले खरिद् ऐन र खर्च गर्ने नीति, पद्धति र विधि नै धिमा भएकाले काम गर्न नसकिएको र यही विषयमा मुख्यमन्त्रीसँग असझमदारी बढेको बताए ।
“मेरो मन्त्रालयमा १३ अर्ब रुपैयाँ देखियो । त्यसमध्ये ५० करोड पुँजीगत खर्च भएको छ । २ अर्ब एडीबीको परियोजनामा गएको छ । बाँकी ११ अर्ब कहाँ कसरी खर्च गर्ने भन्ने देखाउनुहोस् भन्नुभएको थियो । मैले प्रक्रिया देखाएँ । उहाँले फेरि ‘कागजमा मात्रै भयो’ भन्नुभयो । यसै विषयमा सामान्य विवाद भएको हो,” उनको प्रष्टिकरण थियो ।

उनले खरिद ऐनलगायत कतिपय विकास खर्च सम्बन्धि प्रावधानका कारण समयमै बजेट खर्च हुन नसकेको स्वीकारे ।

“सबै प्रक्रिया पूरा गर्दा पाँच महिना लाग्छ । मेयर हुँदाजस्तो तात्तातो खोज्नु भएन नि ! काठमाडौं महानगरपालिकाको मेयर हुँदा मैले पनि भड्याङभुडुङ पारेको थिएँ नि ! अहिलेको त प्रक्रिया नै त्यस्तै छ,” उनले भने । उनले काम गर्ने सवालमा मतमतान्तर हुने, सवाल–जवाफ हुने कम्युनिस्ट पार्टीको प्रणाली नै भएको अर्थ्याउँदै यस्तो भइरहने । तर, हटाउनुपर्ने गरी असमझदारी नभएको बताए ।

“उहाँलाई पनि केन्द्र सरकारले दबाब दिएको हो । उहाँले मलाई दिनुभयो । म अरूलाई दिन्छु । यसैगरी काम हुने हो । यसलाई सामान्य रूपमा लिनुपर्छ,” उनले भने । चाँडो काम हुनुपर्छ भन्ने मुख्यमन्त्रीको भनाईप्रति आफू असहमत नरहेको बताउँदै बुधबारको बैठकमा ठूलो स्वरमात्रै भएको स्वीकारे ।

त्यस्तै उनले आफू जिल्ला भ्रमणमा जान नछोड्ने, मन्त्रालयमै बसेर फाइल पल्टाइरहनुपर्छ भन्ने मुख्यमन्त्रीको आशयप्रति भने आफू सहमत हुन नसक्ने पनि बताए । “उहाँ भन्नुहुन्छ– जिल्ला भ्रमणमा नजानूहोस् । तर म जान छाड्दिनँ । काम नै जिल्लामा गर्नुपर्ने छ त कहाँ जानु ? मन्त्रालयमा बसेर प्रदेशको विकास हुन्छ ? अहँ म मान्दिनँ,” उनको भनाइ थियो ।

उनले मिटिङ सकिइसकेपछि अनौपचारिक रूपमा यस्तो कुरा भएको बताउँदै धेरै उछाल्न जरुरी नभएको समेत प्रतिक्रिया दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०७५  १६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro