site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जेब्राक्रसबाहेक बाटो काट्नेलाई अब ५ सय जरिबाना
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं ।  सडकमा जथाभावी सवारीसाधन रोकेर यात्रु चढाउने सार्वजनिक यातायातका चालक र जेब्राक्रसबाहेक अन्य ठाउँबाट बाटो काट्ने यात्रुलाई पनि अब कारवाही गरिने भएको छ ।
जथाभावी बाटो काटे पाँच सय जरिबाना तिनुपर्ने ट्राफिक प्रहरीले जनाएको छ । 
ट्राफिक प्रहरीले आईतबारदेखि यस्तो व्यवस्था गर्न लागेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आईतबार देखि सडकमा चल्ने सम्पूर्ण सवारी साधन र सडक प्रयोगकर्तालाई जेब्राक्रस र ‘बस स्टप’ का बारेमा चेतना दिने जनाएको छ । ट्राफिक महाशाखा प्रमुख डीआईजी प्रकास अर्यालले भने,“सडक दुर्घटनाको मुख्य कारण नै बटुवाले जेब्राक्रसको प्रयोग नगर्नु र चालकले जथाभावी सडकमा यातायात रोक्नु नै हो । त्यसैले जथाभावी बाटाे काट्नेलार्इ पनि कारवाहीकाे व्यवस्था गर्न लागेका हौं ।”
सडक दुर्घटना न्यूनिकरण गर्न यी दुई विषयलाई ध्यान दिनुपर्ने उनको भनाई छ ।
डीआईजी अर्यालका अनुसार बाटो हिँड्ने बटुवाले पनि जेब्राक्रस प्रयोग नगरी जथाभावी सडक पार गर्नाले दुर्घटना हुने गरेको छ ।  “आइतबारदेखि जेब्राक्रसबाट मात्र सडक पार गर्नुपर्नेछ,” अर्यालले बाह्रखरीसँग भने,“होइन भने जथाभावी सडक पार गर्नेलाई नियन्त्रणमा लिएर ट्राफिकले कारवाही गर्नेछ ।”
पहिलोचरणमा एकसातासम्म सचेत गराउने योजना ट्राफिक महाशाखाले अघि सारेको छ । त्यसपछि जेब्राक्रस प्रयोग नगरी बाटो काट्ने यात्रुलाई पाँच सय जरिबाना र एकघण्टा ‘क्लास’ लिने डीआईजी अर्यालले जानकारी दिए ।  त्यसैगरी उपत्यकाभित्र चल्ने सम्पूर्ण सवारी साधनले यात्रु ओराल्दा तथा चढाउँदा अनिवार्य रुपमा तोकिएको ठाँउमा मात्र रोक्नुपर्नेछ ।  उपत्यकामा एकवर्षको अवधीमा सडक दुर्घटनामा परी १ सय ६६ जनाको मृत्यु भएको छ ।  त्यसमध्ये ४० प्रतिशत पैदलयात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । पैदल यात्रुले पनि जथाभावी सडक पार गर्दा यस्तो दुर्घटना हुने गरेको प्रहरी निष्कर्ष छ ।
 
 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ९, २०७३  ०९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro