site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank

म्याग्दी ।  देवीस्थानमा आफ्नै साथीले चक्कु प्रहार गर्दा एक युवकको मृत्यु भएको छ । दरवाङ– २ लामेलाका टीकप्रसाद रोकाले गए राति चक्कु प्रहार गर्दा देवीस्थान– ८ का २४ वर्षीय खबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  चक्कु प्रहारबाट घाइते पुनकोे जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । अभियुक्त देवीस्थान– ८ स्थित ससुरालीमा बस्दै आएका १९ वर्षीय रोकालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ । अनुसन्धानका क्रममा रोकाले दुई जनासँगै बसेर मदिरा सेवन गरेको र एकापसमा भनाभन हुँदा पुनलाई आफूले चक्कु प्रहार गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro