site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाल्पा । सरकारले उपलब्ध गराउने छात्रवृत्ति नियमित रुपमा उपलब्ध नगराएका कारण विद्यार्थी विद्यालय छाड्न बाध्य भएका छन् । 
देउराली गाविसको रैनादेवी प्राथमिक विद्यालयले नियमित रुपमा वितरण गर्र्ने छात्रवृत्ति आफूहरुले नियमित रुपमा नपाएपछि नजिकको विद्यालय छाड्न परेको अभिभावक बताउँछन् । 
गरिब तथा विपन्न वर्ग र दलित बालबालिकालाई शिक्षाप्रति आकर्षण गर्ने उद्देश्यले सरकारले वार्षिक रुपमा रु ४०० छात्रवृत्ति स्वरुप उपलब्ध गराउने रकम विद्यालय प्रशासनले तीन वर्षपछि मात्र वितरण गरेको रहस्य खुलेको छ । छात्रवृत्ति वितरण मात्र होइन विद्यालयमा अध्यापन गर्दे आएकी शिक्षिकाले २३ महिनामा एकमुष्ठ तलब बुझेको रहस्य समेत खुलेको छ । 
दलित जनजातिका बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले २०४६ सालमा स्थानीयको पहलमा स्थापना भएको विद्यालयमा हाल कागजी रुपमा १८ जना विद्यार्थी भर्ना भएका छन् । 
अभिभावक कमल नेपालका अनुसार विद्यालय व्यवस्थापन समितिको नियमित बैठक नबस्नु, आर्थिक पारदर्शी नहुनु, अभिभावक भेला बोलाउन विद्यालयका प्रधानाध्यापकले बेवास्ता गर्नु जस्ता कारणले गर्दा विद्यालयको भविष्य अन्योलमा परेको हो । 
विद्यालयकी प्रअ कल्पना आचार्यले तीन वर्षको छात्रवृत्ति गत भदौ २४ गते वितरण गरेको बताए।
स्थानीयका अनुसार विद्यालयको आव २०७०÷०७१ देखि विद्यालय व्यवस्थापन समितिको बैठक समेत बसेको छैन । कक्षा तीनमा छ जना विद्यार्थी भर्ना भएको कागजी तथ्याङ्क भए पनि विद्यालयमा नियमित रुपमा तीन जना मात्रै विद्यार्थी आउने गरेको अभिभावक बताउँछन् । 
कक्षा दुईमा छ जना र कक्षा एक मा आठ जना विद्यार्थी रहे पनि नियमित रुपमा विद्यालय आउने बालबालिकाको सङ्ख्या अत्यन्त कम रहेको छ । विद्यालय भवन पक्की भए पनि शैचालय नभएको प्रअ आचार्यले स्वीकार गरे । 
विद्यालयमा प्रअ आचार्य सरकारी स्थायी दरबन्दीको शिक्षिका हो भने अर्की शिक्षिका योगमाया नेपाल अस्थायी शिक्षिका दरबन्दीमा कार्यरत  छन् । दुवै शिक्षिका स्थानीय छन् । 
जिल्ला शिक्षा कार्यालयका सूचना अधिकारी महेन्द्र सुवेदीका अनुसार विद्यालयले नियमित रुपमा छात्रवृत्ति वितरण नगरेको भन्ने सूचना आएपछि विद्यालयका स्रोत व्यक्तिको पहलमा तीन वर्षको छात्रवृत्ति वितरण भएको र विद्यालयको नयाँ व्यवस्थापन समिति गठन गर्ने प्रक्रियामा रहेको छ । रासस 
 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३  ०७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro