site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जथाभावी गाडी पार्किङ गरे टिकट टाँसेर कारवाही
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । जथाभावी सवारी साधन पार्किङ गरेर लामो समयसम्म सवारी रोक्ने बानी छ भने आजै सुधार गर्नुहोस् । होइन भने महानगरीय ट्राफिक प्रहरी महाशाखाले टिकट टाँस्न सक्छ । ट्राफिक प्रहरीले सहरी क्षेत्रमा बढ्दो अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्न कारवाही स्वरुप टीभीटी (ट्रफिक भायोलेसन टिकट) टाँस्न थालेको हो ।   
महाशाखाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार निषेधित स्थानमा रोकी राखेको चार पांग्रे गाडीको चालकको स्टेरिङको अगाडिको टीभीटी टिकट टाँसिन्छ । टिकट टाँसिएपछि चालकले कारवाही भएको बुझ्नुपर्छ र २४ घण्टाभित्र महाशाखाको कार्यालयमा हाजिर हुनुपर्छ ।  टाँसिएको टिकटको आधी भागमा नियम उलंघन गरेको कसुर र पछाडिको भागमा नियमबारे लेखिएको हुन्छ । टिकटको अर्धकट्टी महाशाखासँग हुन्छ । त्यसैको आधारमा सवारी चालकलाई कारवाही प्रक्रिया अगाडि बढाउने गर्दछन् । 
टिकट टाँसिएको २४ घण्टाभित्रमा आएमा न्यनुतम ५ सयदेखि एक हजारसम्म जरिवाना तिनुपर्छ । तोकिएको समयभन्दा ढिला आएमा हजार देखि ५ हजारसम्म जरिवाना तिर्नुपर्ने उनको भनाइ छ ।  
दुइ पांग्रे गाडीलाई सजिलै कारवाही  गर्न सकिने मान्छे फेला नपरे सवारी उठाएर तत्कालै कारवाही गर्न सकिन्छ उनले भने ४ पांग्रे गाडीलाई उठाएर गाडीमा राख्ने कुनै प्रविधि नभएकाले टीभीटी टिकट टासेर कारवाहीको अभियान सुरु गरेका हौं । 
टिकट टाँस्ने अभियान सुरु भएको लामो समय भइसकेपनि महाशाखाले निरन्तरता दिन सकेको थिएन । पछिल्लो समयमा अभियानलाई निरन्तरता दिँदै आएको महाशाखाले बताएको छ । जसका लागि महाशाखाले छुट्टै टीभीटि शाखा नै खडा गरेको छ । महाशाखाले दैनिक ४÷५ वटा ४ पांग्रे गाडीमा टिकट टाँस्ने गरेको छ । 
पहिलो चरणमा जरिवाना तिनुपर्ने व्यवस्था महासाखामा मात्रै गरेको भट्टले बताए । पछि देशव्यापी अभियानकै रूपमा सञ्चालन गरेर प्रभाग तथा बिटमा समेत जरिवाना तिर्ने व्यवस्था मिलाउने तयारी गरिरहेको भटले बताए । 
अभियान महाशाखा एक्लै सञ्चालन गरेपनि पहिलो चरणमा महानगरसँग समन्वयन गरेर अनुगमन गर्ने गरेको महाशाखाले बतायो । अभियान सञ्चालन गरेपछि जथाभावी गाडी पार्किङ गर्नेको संख्या कमी हुदै गएको तथा प्रतिक्रिया राम्रै आएको भट्टले बताए । महानगरको ६१ स्थानमा मोटरसाइकल तथा चार पांग्रे गाडी पार्किङको लागि स्थान तोकेको छ । तोकिएको स्थानमा अव्यवस्थित तरिकाले पार्किङ गरि राखेको पाइएमा पनि कारवाही हुने काठमाडौं महानगरपालिका प्रहरी महाशाखा प्रहरी नायव उपरीक्षक विष्णु जोशीले बताए । अनुमती वाहेकका स्थानमा लामो समयसम्म पनि पार्किङ गरि राखेको पाइएमा कारवाही हुने उनको भनाइ छ । त्रिपुरेश्वर, कलंकी, दरवारमार्ग, न्युरोड र बौद्धमा अभिायान सञ्चालन गरिएको छ ।  
 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७३  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC