प्रविधि
काठमाडौं । चीनका दुई अन्तरिक्ष यात्रीहरू पृथ्वीको कक्षमा रहेको अन्तरिक्ष ल्याबमा बुधबार बिहान प्रवेश गरेका छन् ।
समाचार संस्था एपीका अनुसार जिङ हैपेङ तथा चेन डोङ नामका वैज्ञानिकले उक्त प्रयोगात्मक तियाङगोङ—२ प्रयोगशालामा ३० दिन बिताउनेछन् ।
उत्तरी चीनको जिउकुवान स्याटलाइट केन्द्रबाट सोमबार बिहान दुई अन्तरिक्ष यात्रीसहितको सेन्झाउ—११ रकेट प्रक्षेपण गरिएको थियो ।
सिन्ह्वाका अनुसार चिनियाँ समयअनुसार बिहान बुधबार बिहान ६ बजेपछि उनीहरु प्रयोगशालमा प्रवेश गरेका थिए । उनीहरुले त्यहाँ बसेर विभिन्न टेक्नोलोजीको परीक्षण गर्ने बताइएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७३ १४:५९
प्रतिक्रिया दिनुहोस्