site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । सात दशक लामो राजनीतिक जीवनमा उल्लेखनीय उपलब्धि हासिल गरेर इतिहासमा आफ्नो अलग्गै छाप पार्न सफल राजनीतिज्ञ सिमोन पेरेजको अन्तिम संस्कार शुकवार जेरुसलममा सम्पन्न भएको छ । इजरायलका पूर्व राष्ट्रपति नोबेल शान्ति पुरस्कारबाट सम्मानित पेरेजको अन्त्येष्टिमा उनका हजारौं प्रशंसक समर्थकहरूका साथै विश्वका थुप्रै प्रतिष्ठित व्यक्तिहरू उपस्थित रहेको एपीले जनाएको छ । पेरेज धेरैका लागि मध्यपूर्वमा शान्तिका पर्याय बन्न्न पुगेका थिए ।
पेरेजको अन्त्येष्टिमा अमेरिकी राष्ट्रपति बाराक ओबामा, पूर्व राष्ट्रपति बिल क्लिन्टन, प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बास, फ्रान्सेली राष्ट्रपति फ्रान्कोइस हल्यान्डे, बेलायतका युवराज चार्ल्स्, जर्मनीका राष्ट्रपति जोखिम गकलगायतका विश्व नेताहरू उपस्थित थिए । प्यालेस्टाइनी राष्ट्रपति अब्बासलाई माउन्ट हर्जलमा भएको अन्त्येष्टि कार्यक्रममा अगिल्लो पंक्तिमा राखेर विशेष सम्मान दिइएको एपीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति ओबामाले अन्त्येष्टिका अवसरमा भने - "सिमोनले उनको शान्तिको सपना पूरा भएको कहिल्यै देखेनन् तर पनि उनले शान्तिका लागि काम गर्न छाडेनन् ।"  
 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७३  १९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC