site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सुपर ओभरमा कलर्स एक्स फ्याक्टर्सको जित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । काठमाडौंमा जारी वाईवाई एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा कलर्स एक्स फ्याक्टर्सले जित हासिल गरेको छ । शुक्रबार भएको रोमाञ्चक खेलमा कलर्सले जगदम्बा राइनोजलाई सुपर ओभरमा पराजित गरेको हो ।
कीर्तिपुरस्थित टियू मैदानमा कलर्सले दिएको ११२ रनको लक्ष्य पछ्याएको जगदम्बा राइनोजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन नै बनाएपछि खेल बराबर भएर सुपर ओभरमा गएको थियो । सुपर ओभरमा जगदम्बाले लागि १० रन मात्र बनायो । उसका सोमपाल कामीले ८ रन बनाए । सुपर ओभरमा कलर्सका सिद्धान्त लोहनीले पहिलो बलमा छक्का हाने । त्यसपछि दोस्रो बलमा १ रन हानेर लोहनीले कप्तान ज्ञानेन्द्र मललाई स्ट्राइक दिए । ज्ञानेन्द्रले तेस्रो र पाचौँ बलमा दुई दुई रन बनाएर खेल आफ्नो पक्षमा पारे ।
यसअघि टस जितेर ब्याटिङ रोजेको कलर्सले २० ओभरमा ८ विकेट गुमाएर ११२ रन बनाएको थियो  । उसका लागि कप्तान मल्लले २९, राजेश पुलामीले २९ तथा सिद्धान्त लोहनीले १९ रन बनाए । जगदम्बाका सोमपाल कामी र निजामुद्धिन हलुवाईले तीन तीन विकेट लिए । 
कलर्सले दिएको ११३ रनको लक्ष्य पछ्याएको जगदम्बाले पनि २० ओभरमा ९ विकेट गुमाएर ११२ रन नै बनाएको हो । उसका लागि महेश क्षेत्रीले २२, अमित श्रेष्ठले १५ तथा सोमपालले बनाए । कलर्सका सञ्जम रेग्मीले चार तथा योगेन्द्र सिंह कार्कीले दुई विकेट लिए ।
जितसँगै कलर्सले ६ अंक जोडेर लिगको दोस्रो स्थानमा उक्लिएको छ । कलर्सले ४ खेलबाट तीन जित निकालेको हो । जगदम्बाको यो लगातार तेस्रो हार हो ।
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७३  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC