site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अस्पष्ट सन्देश, सफल प्रेम
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । विदेशी भूमिमा उच्च शिक्षा लिएर ग्राजुएट भएका युवा करियर खोज्न राजनीतिक अस्थिरता, अराजकता र अभावले थिलथिलो भएको नेपाल फर्किन हुन्छ या हुँदैन भन्नेबीचको वैचारिक द्वन्द्व नै नेपाली कथानक चलचित्र ‘सफर’को केन्द्रीय कथा हो । ‘सफर’मा देखाइएको प्रेम कहानी भने चलचित्रलाई व्यावसायिकता दिन साधनमा रूपमा आएको गौण कथामात्रै हो । 
‘सफर’ उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएका चार युवा गौरव, सुमन, रोहित र अनन्या (सञ्जय गुप्ता, मनन सापकोटा, शिविर पोखरेल र नुर्जा श्रेष्ठ) वरिपरि घुमेको छ । अमेरिकाबाट सुरु भएको चलचित्र अमेरिकामै सकिन्छ । चलचित्रको नयाँपन भनेको ‘रोड ट्रिप’मा चलचित्र बन्नु र सतप्रतिशत अमेरिकामै छायांकन हुनु हो । 
चलचित्रमा सुकिला–मुकिला देखिने पात्र चढेको गाडी गुड्ने सहरको सडक भने त्यति सुकिलो देखिँदैन । अमेरिकाका मुख्य सहरका केन्द्रीय सडकतिर भन्दा पनि हरियो जंगल, निलो पोखरी र भिरालो पहाड देखाउन केन्द्रित छ । तर, आम चलचित्रमा नेपालमै देखिने यस्ता दृश्य भन्दा अमेरिकाको भौतिक विकासको रंगीचंगी देखाइएको भए सायद दर्शकका लागि फरक स्वाद हुनेथियो । यद्यपि, फरक स्वादका लागि भनेर रातको समयमा बिनासन्दर्भ झिलिमिलि सहर देखाइएको भने छ । जहाँ चलचित्रका पात्रहरु छन् या छैनन् चलचित्र नै मौन छ । 
चलचित्रले के सन्देश दिन खोजेको हो, ‘सफर’ आफंै अलमलमा छ । सुमनको सपना नै नेपाल फर्किएर गरिब दुःखीलाई सहयोग गर्ने हुन्छ । तर, उसको सपना उतै तुहिन्छ । सुमनको सपना पछ्याउँदै नेपाल फर्किएको रोहित चलचित्रको अन्त्यमा अमेरिका नै फर्किएको छ । गौरव र अनन्या नेपाल नै फर्किँदैनन् । सन्देश नेपाल फर्किनु उत्तम हो या खराब, आफैंमा गाँठो परेको छ । 
आशिष श्रेष्ठले निर्देशन गरेको २ घण्टा ५ मिनेट लामो चलचित्र ‘सफर’ले सानो कुरा भन्न लामो समय खर्चिएको छ । छायांकनमा कमजोरी देखिन्छ । चलचित्रको सुरुमा  भिडियो हल्लिनेसम्मका दृश्य देखिन्छ । मेकअप आर्टिस्ट पोख्त देखिँदैनन् । ठाउँ–ठाउँमा कलाकारले चरित्रलाई न्याय गरेका छैनन् । समानान्तर रूपमा तीन जनालाई प्रस्तुत गर्न खोजिए पनि चलचित्रमा गौरव हाबी भएका छन् । उनकै कहानीमा पूरै चलचित्र रुमलिन्छ । 
कथा तथा पटकथा सबल देखिँदैन । चलचित्रमा अनावश्यक न्यारेसन छ । कथा सकिसकेपछि सुमन उही कथा दोहोर्याउँदै अन्तिममा झुल्किन्छ, जुन गौरव र रोहितले पटक पटक भनिसकेका हुन्छन् । निर्देशक श्रेष्ठ कैंची चलाउनुपर्ने दृश्यमा हात बाँधेर बसेको देखिन्छ, जुन दर्शकले सहजै अनुभव गर्छन् ।       
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७३  १३:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC