साहित्य
काठमाडौं । नेपाल आइडल सिजन–वन का टाइटल विजेता बुद्ध लामाको नयाँ गीत सार्वजनिक भएको छ । नेपाल आइडलको युट्युब च्यानलमार्फत बिहीबार राति गीत सार्वजनिक गरिएको हो ।
‘सानी...’ बोलको गीतमा शब्द तथा संगीत आशुसेन लामाको छ । फडिन्द्र राईले एरेन्ज गरेको गीतमा मोडलिङ विनिताले गरेकी छन् । विनिताको अपोजिटमा बुद्ध आँफैले नृत्य गरेका छन् ।
यसअघि बुद्धले ‘तिमी साथ भएपछि...’ बोलको गजल गाएका थिए । यो गजलको भिडियोमा भने बुद्ध लिप्सिङमा मात्रै देखिएका थिए । पल र आँचल भिडियोमा फिचर्ड थिए ।
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०७५ १०:१३
प्रतिक्रिया दिनुहोस्