site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पेसी सूचीमा सुनुवाइ हुँदै लेखेकोे तीन घण्टापछि सन्दीपको मुद्दा ‘हेर्न नभ्याइने’मा 

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट बलात्कार अभियोग ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आइतबार पनि ‘हेर्न नभ्याइने’मा परेको छ । 

उच्च अदालतका न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलासमा परेको मुद्दा छैटौँ नम्बरमा परेको थियो । तेस्रो नम्बरको सुनुवाइ हुँदा हुँदै चौथो र पाँचौँ नम्बरमा रहेका दुई मुद्दा स्थगित भएपछि मध्याह्नमै सन्दीपको मुद्दालाई यसपछिको सुनुवाइ भनेर पेसी सूचीमा जनाइएको थियो । खाजा समयअघि नै पेसी सूचीमा सुनुवाइ भइरहेको जनाइएको मुद्दा अन्तिममा भने ‘हेर्न नभ्याइने’मा परेको भनिएको छ । 

उच्च अदालत पाटनका एक अधिकारीले प्राविधिक त्रुटि भएको भन्दै मुद्दा ‘हेर्न नभ्याइने’मा नै परेको बताए । “हेर्न नभ्याउनेमै परेको रहेछ,” उच्च अदालतका ती अधिकारीले भने । 

यसअघि यही वैशाख १० गते उच्च अदालत पाटनका न्यायाधीशद्वय सुनदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा पनि सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा परेको थियो । त्यसअघिको न्यायाधीशद्वय मनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले गौशाला २६(छ)को जन्मदर्ता प्रमाणपत्रसँगै जन्मदर्ताका लागि दिएको निवेदनको सक्कल कपी झिकाउने आदेश गरेका थियो । 

काठमाडौं जिल्ला अदालतले गौशाला २६ (छ)लाई जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीपले गएको फागुन १० गते पुनरावेदन गरेका थिए । 

काठमाडौं जिल्ला अदालतले गौशाला २६(छ)लाई बालिग ठहर गरेको तथा सन्दीपलाई न्युनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुरावेदन गरेको छ । दुबै मुद्दामा यसअघि नै एकसाथ सुनुवाइ सुरू भइसकेको छ । यसअघि उच्च अदालतले पीडित गौशाला २६(छ) को जन्मदर्ताको लागि दिएको निवेदनको सक्कल प्रतिसहित जन्मदर्ताको प्रमाणपत्र झिकाउने आदेश गरेको थियो । 

काठमडौं जिल्ला अदालतबाट पनि गौशाला २६(छ)को जन्मदर्ता झिकाउन तीन पटकसम्म आदेश भएको थियो । एकपटक पीडित गौशाला २६(छ) की आमाको समेत जन्मदर्ता झिकाउने आदेश भएको थियो ।  

उच्च अदातलले सन्दीपका विपक्षमा सरकारी वकिलले लिएको दाबीअनुसार, आदेश गरेमा सन्दीपलाई १२ वर्षभन्दा बढी जेल सजाय हुनेछ । तर, उनले लिएको माग दाबी अनुसार, फैसला भएमा भने उनी अभियोग मुक्त हुनेछन् । 

तर, उच्च अदालतले जिल्ला अदालतको जस्ताको तस्तै सदर गरिदिएमा सन्दीपले आठ वर्षमा पहिले पूर्पक्षको समय कटाएर पूरा समय जेल बस्नुपर्नेछ । जिल्ला अदालतको आदेश सदर भएमा सन्दीपले सर्वोच्चमा पुनरावेदन गर्दा समेत थुनामा बसेरै गर्नुपर्नेछ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro