site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
१८ बुँदे घोषणापत्र जारी गर्दै सकियो बिम्स्टेकको चौथो सम्मेलन
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । १८ बुँदे घोषणापत्र जारी गर्दै बिम्स्टेकको सम्मेलन सम्पन्न भएको हो ।
दोस्रो दिन शुक्रबार एजेन्डामाथि छलफल सकेर १८ बुँदे काठमाडौ घोषणापत्र जारी गर्दै सम्मेलन समापन भएको घोषणा गरिएको हो । घोषणापत्रमा सातवटै सदस्य राष्ट्रका सरकार प्रमुखले हस्ताक्षर गरेका छन् ।
यसअघि बिम्स्टेक राष्ट्रहरुबीच ग्रिड अन्तरसञ्जाल सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बिम्स्टेकको चौथो शिखर सम्मेलन बिहीबार सुरु भएको थियो । सम्मेलन सम्पन्न भएसँगै शुक्रबार चार देशका सरकार प्रमुख स्वेदश फर्कदैछन् ।
यसैबीच, बिम्स्टेक को अध्यक्षता श्रीलङ्कामा हस्तान्तरण भएको छ । राजधानीमा भएको चौथो शिखर सम्मेलन समापन समारोहमा केही बेरघि बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकको अध्यक्षता श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हस्तान्तरण गरेका हुन् । 
प्रधानमन्त्री ओलीले नेपालले बिम्स्टेकको अध्यक्षता ग्रहण गरेयता बितेका साढे चार वर्षमा सबै सदस्य राष्ट्रबाट निरन्तर सहायता प्राप्त भएकामा हार्दिक आभार प्रकट गरे । साथै उनले नयाँ अध्यक्ष राष्ट्र श्रीलङ्कालाई सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरे । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०७५  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro