site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
यूएईसँग ७८ रनले हार्‍यो नेपाल, अबको यात्रा कठिन
Siddhartha BankSiddhartha Bank

काठमाडौं । एसीसी एसिया कप छनोट प्रतियोगिताको दोस्रो तथा तेस्रो एकदिवसीय खेलमा पनि नेपालले हार व्यहोरेको छ । युएइले दिएको २५५ रनको लक्ष्य पछ्याएको नेपालले ४८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७६ रनमात्रै बनाउन सक्यो । 

नेपालका लागि सुवास खकुरेलले सुस्त गतिमा ५० रन बनाएपनि जितका लागि त्यो पर्याप्त हुन सकेन । नेपालका अन्य व्याट्सम्यानमा दिपेन्द्रसिंह ऐरिले ४० रन, सोमपाल कामीले २७ र कप्तान पारस खड्काले १६ बनाए पनि अरुको प्रदर्शन सम्झनलायक रहेन । नेपालको इनिङ ध्वस्त पार्ने क्रममा युएइका अहमद राजाले ४ र मोहम्मद नावेदले महत्वपूर्ण ३ विकेट लिए ।

Agni Group
NIC Asia

यसअघि पहिले व्याटिङ गरेको युएइले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको थियो । युएइका लागि असफाक अहमदले ४५, चिराग सुरीले ६५, रमिज सहजादले ३५, मोहम्मद उस्मानले १३ र अदान मुफ्तीले इनिङको अन्त्यतिर आक्रामक इनिङ खेल्दै  ५७ रनको पारी खेलेका थिए । नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले १० ओभरमा २ मेडन राख्दै २४ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए । योसँगै ओडीआइमा सन्दिपले पहिलोपटक ४ विकेट लिएका थिए ।

यस्तै वसन्त रेग्मी र सोमपाल कामीले पनि समान २–२ विकेट लिएका थिए । हारसँगै नेपालको एसिया कपसम्म पुग्ने यात्रा कठिन बनेको छ । बुधबारको पहिलो खेलमा ओमनले नेपाललाई ७ विकेटले पराजित गरेको थियो । अब बाँकी रहेका ३ खेल नेपालले जितेपनि अरु टिमको प्रदर्शनमा पनि भर पर्नु पर्नेछ । ६ टोली सम्मीलित प्रतियोगिताको उपाधी विजेताले एसिया कपमा सहभागिता जनाउनेछ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०७५  १५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय