site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
व्यापार र फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण, पाँच अर्बको सेयर कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.७९ अंकले बढेर २१ सय विन्दु पार गरेको हो ।

बुधबार नेप्से परिसूचक ०.१४ प्रतिशतले वृद्धि भएर २१०४.२२ विन्दुमा बन्द भएको छ । यस दिन १०१ कम्पनीको सेयर मूल्य बढेको छ भने १३६ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य भने स्थिर छ । यस दिन पाँच अर्ब आठ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

फाइनान्स र व्यापार समूहका कम्पनीको सेयर मूल्य सर्वाधिक बढेको छ । यसरी फाइनान्स र व्यापार कम्पनीको सेयर मूल्य बढ्दा समूहकै परिसूचक सर्वाधिक वृद्धि हुन पुगेको हो ।

आज व्यापार समूहको परिसूचक ६.१२ प्रतिशत र फाइनान्स समूहको परिसूचक ६.०४ प्रतिशतले वृद्धि भएको छ । सर्वाधिक सेयर मूल्य वृद्धि सेन्ट्रल फाइनान्स र आईसीएफसी फाइनान्सको छ । यी फाइनान्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro