site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाल साफ यु–१५ महिला फुटबल च्याम्पियनसिपबाट बाहिरियो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल साफ यु–१५ महिला फुटबल च्याम्पियनसिपबाट बाहिरिएको छ । भारतसँग नेपाल सेमिफाइनलमा २–१ गोलअन्तरले पराजित हुँदै बाहिरिएको हो । थिम्पुस्थित चाङलिमिथाङ मैदानमा खेलको दोस्रो हाफमा भारतलाई रोक्न नसक्दा नेपाल हारको सिकार बन्यो । भारतसामु नेपालले उत्कृष्ट प्रदर्शन गरेपनि रोक्न भने सकेन ।

खेलको ३१ औं मिनेटमा ल्यान्ड कोमले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । त्यस्तै, त्यसको ६ मिनेटपछि नै नेपालकी रजनी थोकरले गोल गर्दै १–१ गोलको बराबरीमा पु¥याएकी थिइन् । 

पहिलो हाफमा १–१ गोलको बराबरीमा रोकिएको भारतले दोस्रो हाफमा थप १ गोल गर्दा नेपालले भने गोल गर्न सकेन । नेपालले खेलको ७५औं मिनेटमा गोल खान पुग्यो । भारतका लागि खेलको ७५ औं मिनेटमा क्रिटिना देवीले गोल २–१ गोलको अग्रता दिलाएकी थिइन् ।
नेपाललाई पराजित गरेको भारतले फाइनलमा अब आयोजक भुटान र बंगलादेशबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०७५  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC