site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फिफा वरियतामा नेपाल यथावत्, शीर्ष स्थानमा फ्रान्स रहँदा रसियाको छलाङ
Sarbottam CementSarbottam Cement

एजेन्सी । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको वरियतामा नेपाल यथास्थानमा रहन सफल भएको छ । नेपाल यसअघिकै १६१ औं स्थानमा रहन सफल भएको हो ।
विश्वविजेता फ्रान्स ६ स्थानमाथि उक्लिँदै शीर्ष स्थानमा छ । रसियामा सम्पन्न विश्वकप फुटबलको फाइनलमा फ्रान्सले क्रोएसियालाई ४—२ गोल अन्तरले पराजित गर्दै विश्वकप फुटबलको उपाधि जितेको थियो ।

त्यस्तै, फिफा वरियतामा बेल्जियम एक स्थान माथि उक्लिँदै दोस्रो स्थानमा रहेको छ भने तेस्रो स्थानमा ब्राजिल, चौथोमा क्रोएसिया, पाँचौंमा उरुग्वे, छैटौंमा इंग्ल्यान्ड, सातौंमा पोर्चुगल रहेको छ भने आठौंमा स्वीट्जरल्यान्ड, नवौंमा स्पेन र डेनमार्क रहेको छ भने ६ स्थान तल झर्दै अर्जेन्टिना एघारौं स्थानमा रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

२१ औं विश्वकप फुटबलको आयोजक राष्ट्र रसियाले भने फिफा वरियतामा छलाङ मारेको छ । रसियाले सबैभन्दा धेरै २० स्थानमाथि उक्लिँदै ४९ औं स्थानमा पुगेको छ । रसिया विश्वकप सुरु हुँदा सबैभन्दा पुछारमा रहेको रसियाले विश्वकपमा सबैलाई चकित पार्दै क्वाटरफाइन पुगेको थियो ।

त्यस्तै, फिफा वरियतामा दक्षिण एसियाका देशहरुमा शीर्ष स्थानमा भारत रहेको छ । भारत ९६ औं स्थानमा रहेको छ । त्यस्तै, १४५ औं स्थानमा अफगानिस्तान रहँदा १५० औं स्थानमा माल्दिभ्स रहेको छ भने नेपाल १६१ औं स्थानमा रहेको छ । त्यस्तै, भुटान १८३ औं स्थानमा, बंगलादेश १९४ औं स्थानमा, श्रीलंका २०० औंं स्थानमा र सबैभन्दा पुछारमा २०१ औं स्थानमा पाकिस्तान रहेको छ ।

Global Ime bank

फिफा वरियतामा यसअघिको पहिलो स्थानमा रहेको जर्मनी भने १४ स्थान तल झर्दै १५ औं स्थानमा रहेको छ । जर्मनी रसिया विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०७५  १६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC