Skip Advt.
ad

खेल

नेपाली फुटबल टिमले अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपाली फुटबल टिमले अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पत्रकार सम्मेलन गरी नेपाल र अफगानिस्तानबीच मैत्रीपूर्ण खेल हुने जानकारी दिएको हो ।

नेपाल र अफगानिस्तानबीचको मैत्रीपूर्ण खेल आगामी कार्तिकमा एन्फाले जानकारी दिएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मैत्रीपूर्ण खेल हुने एन्फाका प्रवक्त किरण राईले पत्रकार सम्मेलनमा जानकारी दिए ।

आगामी बंगलादेशमा हुने साफ च्याम्पियनसिपलाई मध्यनजर गर्दै नेपाल र अफगानिस्तानबीचको मैत्रीपूर्ण खेल आयोजना गर्न लागेको हो । त्यसो त पछिल्लो समयमा सन् २०१३ सालमा अफगानिस्तान र नेपालको भेट भएको थियो ।

काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग १–० गोलले पराजित भएको थियो । यो साफ च्याम्पियनसिपको फाइनलमा भारतलाई पराजित गर्दै अफगानिस्तानले उपाधि जितेको थियो । त्यसपछि अफगानिस्तान र नेपालको भेट हुन लागेको यो पहिलो पटक हो ।
 

तपाईंको मत