site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सप्तरी प्रिमियर लिग क्रिकेट सुरु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सप्तरी क्रिकेट संघको आयोजनामा प्रथम मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा बोदे बर्साइन थन्डरले तिलाठी कोइलाडी महिन्द्रा हिरोजलाई ४ रनले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गरेको सिद्धान्त लोहनी कप्तान रहेको बोदे बर्साइनले १९.१ ओभरमा ८६ रन बनाउन सक्यो । जवाफमा ८७ रन लक्ष्य पछ्याउने क्रममा जित नजिक पुगेको तिलाठी कोइलाडी ४ रनले चुक्न पुग्यो ।
अन्तिम ओभरमा जितको लागि २४ रन आवस्यक रहँदा तिलाठी कोइलाडीका ब्याट्सम्यान विकास दासले लेग स्पिनर बिक्रम भुसालको पहिलो २ बलमा तथा ओभरको चौथो बलमा छक्का प्रहार गर्दै खेल रोमाञ्चक स्थितिमा पुर्याएका थिए । अन्तिम २ बलमा ६ रन आवस्यक रहंदा पाँचौ बलमा रन बनेन भने अन्तिम बलमा विकासले १ रन मात्रै बनाउन सक्दा मेहबुब आलम कप्तानीको टिमले हार बेहोर्न बाध्य भयो ।
पहिलो इनिंगमा बोदे बर्साइनको लागि रोहन बिकले सर्वाधिक १८ रन तथा सन्दीप ढुंगानाले १३ रन बनाएका थिए । तिलाठीका बलर घनश्याम साहले ४ विकेट तथा दिब्यान्शु मालिक र मेहबुब आलमले समान २–२ विकेट लिए । दोश्रो इनिङमा तिलाठीका ब्याट्सम्यान विकास दासले अविजित २४ रन तथा मिनास थापाले १५ रन बनाए ।
प्रतियोगिताअन्र्तगत शुक्रबार सिद्धान्त लोहनी कप्तानीको बोदे बर्साइन थन्डर र हसिम अन्सारी कप्तानीको बजाज खडक वारियार्सबीच प्रतिस्पर्धा हुनेछ । ३ टिम सहभागी प्रतियोगिताको खेलाडीहरु अक्सनमार्फत चयन गरिएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०७५  १७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC