खेल

दक्षिण एसियाली तथा आमन्त्रण आईटिएफ तेक्वान्दो भोलिदेखि

दक्षिण एसियाली तथा आमन्त्रण आईटिएफ तेक्वान्दो भोलिदेखि

काठमाडौं । दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता भोलिदेखि काठमाडौंमा शुरु हुँदैछ । नेपाल आईटिएफ संघको आयोजनमा संचालन हुने प्रतियोगिता ३ दिनसम्म चल्नेछ ।
अन्तर्राष्ट्रिय आईटिएफ तेक्वान्दो संघले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन, तुर्किमिनिस्तान लगायतका देशबाट खेलाडी तथा पदाधिकारीहरु काठमाडौं आइसकेको जानकारी दिएको छ । प्रतियोगितामा जुनियर र सिनियरका उमेर समूह, तौल समूहमा स्पाईरिङ, टिम स्पाईरिङ, एकल प्याट्रन, टिम प्याट्रन, सेल्फ डिफेन्समा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा १५० स्वर्ण, १५० रजत र ३०० कास्य पदकका लागि ६ सय खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । असार ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको अनुमानित खर्च ४० लाख रहनेछ ।
 

तपाईंको मत