site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
किंग्स कलेजले नेपालमै पहिलो पटक नन् प्रफिट म्यानेज्मेन्ट र एग्री विजनेशमा एमबीए कोर्ष सञ्चालन गर्ने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । व्यापार तथा व्यवस्थापन शिक्षा प्रदान गर्नेमा देशकै प्रमुखमध्येको एक किंग्स कलेजले यसै वर्षदेखि नेपालमा पहिलो पटक दुई नविन कोर्षहरु– एमबिए इन नन् प्रफिट म्यानेज्मेन्ट र एमबिए इन एग्री विजनेश संचालन गर्ने भएको छ । 
अमेरिकास्थित वेष्टक्लिफ विश्वविद्यालयको सम्बन्धनमा साउनदेखि कक्षा संचालन हुने यि दुबै कार्यक्रमहरु नेपाली परिवेश सुहाउँदो गरी नेपालमै विकास भइ त्रिभुवन विश्वविद्यालयबाट स्वीकृत भइसकेको कलेजले जनाएको छ ।
नेपालको उच्च शिक्षालाई एक फरक उचाइमा पु¥याउन र समयसन्दर्भ अनुसार पाठ्यक्रमको विकास गरी विद्यार्थीहरुलाई विषय छनोटको बृहत विकल्प प्रदान गरी शिक्षालाई ब्यक्ति, समाज तथा राष्ट्र विकासमा एक सशक्त माध्यम बनाउन सघाउनुपर्ने आजको आवश्यकतालाई मध्यनजर गरी यी शैक्षिक कार्यक्रमहरु संचालन हुन लागेको कलेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नोबेल पुरष्कार विजेता मोहम्मद यूनुसद्धारा प्रतिवादित एवं प्रबद्र्धत सामाजिक उद्यमशिलताको धारणासँग मिल्दोजुल्दो गैर नाफामुलक क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा वर्तमान समयमा बढेर गएको सन्दर्भलाई मनन गरी र नेपालमा प्रचुर सम्भावनाको बाबजुत कृषिक्षेत्र अझैपनि परंपरागत तथा जीविकामा आधारित रहेकाले यसलाई आधुनिक, एक प्रमुख औधोगीक क्षेत्र र अर्थतन्त्रको मूल आधार बनाउनुपर्ने अवस्थामाथि केन्द्रित हुँद्रै सोका लागि आवश्यक जनशक्ति तथा उद्यमीहरु तयार गर्नको लागि यि दुई समयसापेक्ष कोर्षहरु पठनपाठनमा ल्याउन लागिएको किंग्स कलेजले जनाएको छ ।
सरकारी, गैरसरकारी, गैरनाफामूक, सामाजिक उद्यमशिलता तथा विकासे क्षेत्रमा कुनै न कुनै रुपमा संलग्न भइसकेका वा हुन चाहने अथवा यी क्षेत्रहरुका ब्यवस्थापन एवं नेतृत्व तहमा रहेर वा अन्य अभ्यासहरुद्धारा योगदान गर्न चाहनेहरुका लागि एमबिए इन नन् प्रफिट म्यानेज्मेण्ट संचालन गर्न लागिएको हो ।
“पछिल्ला दिनहरुमा दातृ निकाय निर्देशित वा परनिर्भर मानसिकतालाई चुनौती दिइ बदलिँदो सामाजिक, राजनीतिक तथा आर्थिक परिवेशमा दशकांैदेखि परिक्षित एवं सफल साबित श्रोतको अधिकतमता तथा बृहत सदुपयोग, वित्त ब्यवस्थापन, मार्केटिङ्ग, जोखिम ब्यवस्थापन, नेतृत्व विकास, सामाजिक उद्यमशिलता, समान विकास तथा दिगो बृद्धि लगायत ब्यापार ब्यवस्थापन क्षेत्रका सिद्धान्तहरुलाई गैरनाफमूखी संस्थाहरुले अंगिकार गरि स्ववलम्बन तथा आत्मनिर्भरतातर्फ अघि बढिरहेका छन्,” कलेजद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  
यसैगरी, कलेजले वन विज्ञान, बनस्पती विज्ञान, वातावरण तथा खनिज लगायत अध्ययन गरेका विद्यार्थी, कृषि क्षेत्रलाई आधार बनाइ उद्यमशिलता गर्न चाहने ब्यक्ति तथा सो क्षेत्रमा स्टर्टआपको रुपमा काम गरिरहेको र आफ्नो ब्यापारलाई बृद्धिको दिशातर्फ लैजान चाहिरहेका ब्यक्तिहरुको लागि एमबिए इन एग्री विजनेश प्रदान गर्न लागिएको जनाएकोछ । 
“दशकांैदेखि नेपाल कृषिप्रदान राष्ट्र हो भनी विद्यालय तहदेखि नै पढ्ने तर पढाइ सकेपछि कृषि क्षेत्रमा आउन लजाउने नयाँ पुस्तासमक्ष कृषि उद्यमशिलता, ब्यापार, नाफा र ब्यवस्थापनको एक प्रमुख क्षेत्र हो भनेर प्रष्ट्याउन खाँचो रहेकोले कलेजले यस कोर्षलाई ल्याएको हो,” कलेजको प्रधानाध्यापक नरोत्तम अर्याल बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ८, २०७५  १३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC