site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
डेनमार्कविरुद्ध अष्ट्रेलियाले गोल फर्कायो, खेल १–१ गोलको स्थितिमा
Sarbottam CementSarbottam Cement

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘सि’ को खेलमा डेनमार्कविरुद्ध अष्ट्रेलियाले गोल फर्काएको छ । अष्ट्रेलियाका लागि माइल जेडिनाकले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका हुन् ।

खेलको ३८औं मिनेटमा डेनमार्कका खेलाडीले डिबक्सभित्र हातले बल रोकेपछि अष्ट्रेलियाले पेनाल्टी पाएको थियो । पेनाल्टीमा जेडिनाकले गोल गरेका हुन् । यसअघि खेलको सातौ मिनेटमा नै क्रिस्टियन इरिकसेनले गोल गर्दै डेनर्माकलाई अग्रता दिलाएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

रसियाको समरा एरिनामा जारी खेलमा अष्ट्रेलिया पनि डेनमार्कलाई पराजित गर्दै पहिलो जित निकाल्ने लक्ष्यमा छ । अष्ट्रेलियाको लागि यो खेल अग्निपरीक्षा हो । अष्ट्रेलिया डेनमार्कसँग पराजित भए नकआउट चरणमा पुग्ने सम्भावना लगभग सकिनेछ ।

यसअघि अष्ट्रेलिया फ्रान्ससँग २–१ गोलअन्तरले पराजित भएको थियो । डेनमार्कले भने आफ्नो पहिलो खेलमा पेरुलाई १—० गोलले पराजित गरेको थियो । डेनमार्क अष्ट्रेलियालाई पराजित गर्दै विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाउन चाहन्छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ७, २०७५  १८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC