एजेन्सी । विश्वकप फुटबलको समूह ‘ए’ अन्तर्गत भएको खेलमा उरुग्वेले जित हात पारेको छ । इजिप्टमाथि उरुग्वेले १–० गोलको जित निकालेको हो ।
रसियाको इकान्टेरिनवर्ग एरिनामा (सेन्ट्रल स्टेडियम) मा उरुग्वेलाई जित दिलाउन जोस गिमेनेजले गोल गरे । उनले खेलको ८९औं मिनेटमा गोल गर्दै उरुग्वेलाई जित दिलाएका हुन् ।
खेलको पहिलो हाफमा भने दुवै टिमले गोलरहित बारबरी खेलेका थिए । सुरुवाति समयमा नै आक्रमक देखिएको उरुग्वेका लागि इडिसन काभनीले दुई सर्ट प्रहार गरेका थिए । तर, पहिलो सर्ट इजिप्टका गोलकिपरले बचाएका थिए भने दोस्रो प्रहार इजिप्टका डिफेन्डरले बचाएका थिए ।
लुइस स्वारेजले डिबक्सभित्र पाएको बललाई गोल गर्न नसक्दा पहिलो हाफसम्म उरुग्वे गोलरहित बराबरीमा रोकिएको हो । इजिप्टले पनि पहिलो हाफको अन्तिम समयमा निकै आक्रामक खेलेको थियो । दोस्रो हाफमा उरुग्वेले निकै आक्रामक खेल खेलेको थियो । काभनीले दोस्रो हाफमा उत्कृष्ट दुई सर्ट प्रहार गरेका थिए । तर यसपटक पनि इजिप्टका गोलकिपर बाधक बनेका थिए ।
त्यस्तै, उरुग्वेका लुइस स्वारेजले पनि वान भर्सेस् वानमा पनि गोल गर्न सकेनन् । पहिलो खेलमा जित हात पार्दै उरुग्वेले महत्वपूर्ण ३ अंक बटुलेको छ ।