खेल
एजेन्सी । विश्वकप फुटबलमा आयोजक रसियाले सुरुवाती अग्रता लिएको छ । खेलको १२ औं मिनेटमा रसियाका गजिन्स्कीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका हुन् ।
आयोजक रसियाले साउदी अरबमाथि सुरुवाती समयमा नै अग्रता बनाएको छ । निकै राम्रो सुरुवात गरेको रसियाले एकपछि अर्को आक्रमक खेल खेलिरहेको छ ।
रसियाको राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा यी दुई टिमबीचको खेल अहिले चलिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०७५ २१:०८
प्रतिक्रिया दिनुहोस्