site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चारवटा निकाय लागिपर्दा पनि किन हुन्छ कोटेश्वरमा जाम ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वी नेपालबाट काठमाडौं प्रवेश गर्ने एउटा प्रमुख नाका हो, कोटेश्वर । त्यसो त कोटेश्वर ट्राफिक जामको पर्याय पनि बनेको छ अहिले । कोटेश्वर रुटमा सवार यात्रु गन्तव्यमा पुग्ने समयको ठेगान हुँदैन । विशेषगरी बिहान र बेलुका सकसपूर्ण जाममा पर्दा आम नागरिकको दैनिकी नै उथलपुथल हुने गरेको छ । 

तीनकुनेदेखि कोटेश्वर हुँदै भक्तपुरको सूर्यविनायकसम्म ६ लेनको सडक छ । तरपनि किन हुन्छ त जाम ? महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी वसन्त कुमार पन्त भन्छन्, “पूर्वी नेपालका विभिन्न जिल्लाका लागि चल्ने लामो दूरीका बससँगै चाबहिल, गौशाला, साँखु, जोरपाटी सबै क्षेत्रका सवारीसाधन कोटेश्वर भएरै गुड्छन् । वैकल्पिक रुट नहुँदा ट्राफिक व्यवस्थापन गर्न गाह्रो छ ।” जडिबुटीबाट तीनकुने जोड्ने अण्डरपास निर्माण भए ट्राफिक व्यवस्थापन सहज हुने उनी बताउँछन् । 

पन्तका अनुसार कोटेश्वर क्षेत्रमा अस्तव्यस्त सवारीसाधन व्यवस्थापनको विकल्पबारे सरोकारवाला निकायबीच छलफल पनि भइरहेको छ । कोटेश्वर चोकका लागिमात्रै ‘पिक आवर’ अर्थात् कार्यालय समयमा दैनिक १२ जना र नियमित समयमा ४ देखि ५ जना ट्राफिक प्रहरी परिचालन गरिएको महाशाखा बताउँछ । 

Prabhu Bank
Agni Group
NIC Asia

कोटेश्वर सडक खण्डबाटै धुलिखेल–सिन्धुली–बर्दिबास हुँदै पूर्वी नेपाल जाने लामो दूरीका सवारीसाधन गुड्छन् । यातायत व्यवस्था विभागले बर्दिबास भएर चल्ने सबै सार्वजनिक सवारीसाधनलाई कोटेश्वर हुँदै जाने रुट परमिट दिएको छ । 

ट्राफिक महाशाखाका अनुसार ३० भन्दा बढी रुटका सवारीसाधन कोटेश्वर भएर गुड्छन् । जामको ठूलो कारण यो पनि हो । कोटेश्वर क्षेत्रमा सवारी पार्किङ नहुनु अर्को समस्या हो । नियममा नभए पनि लामो दूरीका सवारीसाधन सडक छेउमै पार्किङ गर्ने गरेका छन् । 

Global Ime bank

“ट्राफिक जाम व्यवस्थापनका लागि कोटेश्वरलगायत अन्य क्षेत्रमा पनि निश्चित समय तोकेर ट्रक, टिपर चलाउन बन्द गर्ने तयारी गरिरहेका छौं । सम्भवतः निश्चित समयअघि ती सबै साधन चक्रपथ बाहिरै रहनेछन्,” एसएसपी पन्त भन्छन् । वैज्ञानिक रुपमा सवारीसाधनलाई रुट परमिट वितरण नगर्दा जामलगायत ट्राफिक व्यवस्थापनमा समस्या आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताउँदै आएको छ ।

कोटेश्वरको जाम काट्न ४५ मिनेटसम्म लाग्छ : सवारीचालक

\"\"कोटेश्वर सडक–खण्डमा जाम पर्ने सहायक सडक हुन्– पेप्सीकोला, सातदोबाटो, तीनकुने । यी जुनसुकै रुटका सवारीसाधन भए पनि कोटेश्वर चोक काट्नैपर्छ । तर, ट्राफिक जामले यात्रुा, सवारीचालक सबै दिक्क हुन्छन् । सिटी मेट्रो यातायातका चालक विनोद कार्की भन्छन्, “कोटेश्वरको जाम काट्न ‘पिक आवर’ मा ४५ मिनेटसम्म लाग्छ । यात्रुले पनि दिक्क मान्छन् ।” 

अन्नपूर्ण यातायातका चालक शेषमान तामाङ पनि जाम परे एक निद्रा मज्जाले निदाउन पाइने भन्दै व्यङ्ग्य गर्छन् । विभिन्न वैकल्पिक रुटको प्रयोग गरेर ट्राफिक जाम व्यवस्थापन गरिनुपर्ने चालकहरुको सुझाव छ । नेपाल यातायातका चालक राजकुमार लामा भन्छन्, “जाममा रहेका बेला अन्य सवारीसाधन बीचमा पस्ने, लेन मिच्ने गर्दा सवारी दुर्घटना पनि बढेको छ ।” 

मुख्य कारण नारायणगढ–मुग्लिन सडकखण्ड : सडक विभाग

\"\"नारायणगढ–मुग्लिन सडकखण्ड हाल निर्माणका क्रममा रहेकाले अरनिको राजमार्ग हुँदै विपी राजमार्ग भएर पूर्व जाने सवारीको संख्यामा वृद्धि भएका कारण कोटेश्वर क्षेत्रमा जाम हुने गरेको सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता मुक्ति गौतम बताउँछन् । यसका साथै कलंकी–कोटेश्वर १० किमि सडक हालै ८ लेनमा विस्तार गरिएकोले पनि कोटेश्वरमा चाप बढेको उनको तर्क छ ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारका पालामा माइतीघर–सूर्यविनायक सडक खण्ड ६ लेनको बनाइएको थियो । सडक फराकिलो भएको केही वर्ष राहत महसुस भए पनि केही समययता उस्तै सास्ती भोग्नुपरेको यात्रु गुनासो गर्छन् । त्यसो त, विभिन्न कारणले कोटेश्वरपूर्व बसोबास गर्नेको संख्या पनि बढेको छ । पर्याप्त खानेपानी, स्वच्छ हावा र खुला क्षेत्र तथा कम प्रदूषण भएका कारण कोटेश्वर पूर्व क्षेत्रमा बसोबास गर्नेको संख्या बढेको सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा बताउँछन् । दैनिक उपभोग्य वस्तु खरिद र पेशा–व्यवसायका लागि काठमाडौंसँग जोडिएका कारण कोटेश्वर सडक खण्डमा ट्राफिक जाम बढेको शर्माको बुझाइ छ ।

कोटेश्वर, कलंकीसहित उपत्यकाका सडकमा ट्राफिक जाम व्यवस्थित गर्न सडकको अवस्था सुधार्ने, अन्डरपास तथा आकाशेपुल बनाउने, ट्राफिक लाइट जडान गर्ने तथा जेब्राक्रस र रोड फर्निचर निर्माण गर्ने सरकारको तयारी रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले बताए । “कोटेश्वर, कलंकीसहित उपत्यकाको ट्राफिक जाम व्यवस्थित गर्ने विषयमा यातायात व्यवस्था विभाग, सडक विभागका महानिर्देशक, ट्राफिक प्रहरी महाशाखाका एसएसपीबीच विभिन्न चरणमा छलफल भइरहेको छ,” प्रवक्ता शर्माले भने, “चालु आर्थिक वर्षमा उपत्यकाका सडक सुधारका सम्पूर्ण योजना तयार गरी ठेक्का प्रक्रिया अघि बढाएर आउँदो आर्थिक वर्षभित्रमा यात्रुले सहज हुने खालका कामहरु सम्पन्न गरिसक्ने मन्त्रालयको लक्ष्य छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०७५  १३:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC