साहित्य र कला

दीपक खरेलको ‘मेरो देश नेपाल...’ बजारमा (भिडियोसहित)

दीपक खरेलको ‘मेरो देश नेपाल...’ बजारमा (भिडियोसहित)

काठमाडौं । गायक दीपक खरेल नयाँ गीत लिएर आफ्ना स्रोता तथा दर्शकमाझ आएका छन् । ‘मेरो देश नेपाल...’ बोलको स्वदेश गानका साथ उनी स्रोता तथा दर्शकमाझ आएका हुन् । 

विजय शिवाकोटीको शब्द रहेको गीतमा दीपक जंगमले संगीत भरेका छन् । 

गीतमा गीतकार शिवाकोटीले देशभक्तिको कुरा गरेका छन् । देशको उन्नयनका लागि नागरिकमा देशप्रतिको समर्पण भाव जगाउने गीतमार्फत प्रयत्न गरेका छन् ।

नेपालको कला, संस्कृती, संस्कार, परम्परा र भूगोललाई भिडियोमा समेटिएको छ । राजेश श्रेष्ठले भिडियो निर्देशन गरेका छन् । 

तपाईंको मत