site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
यतिको सम्मान थाप्दै सन्दीपले भने– यो सिंगो देशको गौरवको विषय हो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । यति फ्लोरिङले सन्दीप लामिछानेलाई सम्मान गरेको छ । इन्डियन प्रिमियर लिग खेलेर नेपाल र नेपाली क्रिकेटको शान बढाएने भन्दै कम्पनीले लामिछानेलाई १ लाख रुपैयाँ प्रदान गरेको हो ।
कम्पनीले युवा खेलाडी लामिछानेको मेहनत र प्रतिभाको सम्मान गरको जनाएको छ । बुधबार आयोजित एक कार्यक्रममा यति फ्लोरिङको तर्फबाट निर्देशक नारायण तोदी, अनिल केडिया, अजय गिरहिया, लोकेश तोदी, सिद्धार्थ केडिया, आयुष केडिया, तथा केडिया अर्गनाइजेशनको कर्पोरेट प्रमुख राजकुमार शाहले खादा र पुष्प गुच्छासहित १ लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
कम्पनीले आइपीएलमा युवा खेलाडी लामिछानेले गरेको मेहनत, धैर्यता र प्रदर्शन जो कोहीको लागि पनि प्रेरणा बन्न सक्ने बताएको छ । विज्ञप्तिमा भनिएको छ – “सन्दीप नेपाली युवाहरुका आइकन हुन् । एकजना नेपालीको आत्मविश्वासको जगमा सारा नेपालीहरुमा खुशीको लहर ल्याइदिन्छ भन्ने उदाहरण पनि लामिछानेले दिएका छन् ।”
स्वदेशी उत्पादनको कारण यसको नाता जमीनसँग जोडिएको जसरी आज सन्दीपले नेपाली क्रिकेटलाई अन्र्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएको कम्पनीको कर्पोरेट प्रमुख राजकुमार शाहका दावी छ । 
कार्यक्रममा सन्दीपले यस्तो सम्मानले नेपाल र देशको क्रिकेट खेलप्रति जिम्मेवारी बढाएको बताए । उनले भने, “यो मेरो मात्र नभई सिंगो देशको गौरवको विषय हो ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०७५  १७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC