site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त गजनीको प्रहरी चौकीमा गएराति रातभर भएको सुरक्षा कारबाहीका क्रममा १२ जना प्रहरी अधिकारीको मृत्यु भएको छ । 

उक्त कारबाहीका क्रममा प्रहरी र तालिबानबीच झडप भएको थियो । उक्त झडपका क्रममा दुई जना वरिष्ठ प्रहरी अधिकारीसहित १२ प्रहरीको मृत्यु भएको सुरक्षा अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

गजनी प्रान्तको दिह याक र छिमेकमा पर्ने जाघातो जिल्लामा रहेका प्रहरी चौकीमा सयौँको संख्यामा आएका तालिबान आतङ्ककारीले आक्रमण गरेका बताइएको छ । 

यस झपडमा परी १२ प्रहरी अधिकारीको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका प्रान्तीय सरकारका प्रवक्ता नुरीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।  

Global Ime bank

सो क्षेत्रमा गत महिना पनि यस्तै झडप भएको थियो । त्यस झडपमा परी सोही प्रहरी चौकीका छ जना प्रहरी मारिएका थिए । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०७५  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC