site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जग्गा विवादले कटहरी रेल्वे स्टेशनको काम रोकियो  
Sarbottam CementSarbottam Cement

विराटनगर । नेपाल र भारत जोडने रेलमार्ग निर्माण कार्यमा मोरङको कटहरीमा हुने स्टेशनको जग्गा विवादले रोकिएको छ ।

भारत र नेपालको सीमा क्षेत्रको स्टेशनबाट कटहरीसम्म १० किलोमिटर जग्गामध्ये ३ किलोमिटर क्षेत्रमा जग्गा विवादले काम हुन सकेको छैन । कटहरी क्षेत्रको ३ किलोमिटर आसपास बस्दै आएका सर्वसाधारणले मुआब्जा उपलब्ध नगराएसम्म स्टेशन निर्माण गर्न नदिने जनाएपछि कटहरीमा हुने स्टेशनको जग्गा विवादले रोकिएको हो । जग्गा धनीहरुले सरकारले निर्धारण गरेको जग्गाको मूल्यांकनका आधारमा मुआब्जा नलिने र चलनचल्तिका आधारमा मुआब्जा पाउनुपर्ने जग्गाधनीको मागलाई जिल्ला अदालतले सदर गरिदिएको थियो । 
मुआब्जा विवाद समाधानको प्रयास भइरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यका अनुसार  जिल्ला अदालत मोरङमा जग्गाधनीले दिएको मुद्दाको पक्षमा फैसला गरेको छ ।  त्यही मुद्दाको पुनरावलोकनका लागि सरकारले फेरि उच्च अदालतमा मुद्दा दायर गरेको छ ।  
उनले जग्गाधनीसँग छलफल गरेर चाँडै समाधान निकाल्ने प्रयास समेत भईरहेको जानकारी दिए ।

३ सय ७३ करोड भारतीय रुपैयाको लागतमा निर्माण हुने रेलमार्ग भारतको बथनाहादेखि नेपालको कटहरीसम्म १८ दशमलव ६ किलोमिटर हो ।  सन् २०१९ मार्च महिनासम्ममा मोरङको कटहरीसम्म रेल पुग्ने बताईएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०७५  ०७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC