site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नुवाकोट । आफूलाई अपहरण गरी नगद र गरगहना लुटेको भनेर झूठो उजुरी गर्नेसहित तीनजनालाई नुवाकोट प्रहरीले पक्राउ गरी कारबाही थालेको छ । 

गत आइतबार राति आफूलाई अपहरण गरी कुटपिट गरेर धनसम्पत्ति लुटेको भन्दै सोमबार प्रहरीमा उजुरी दिएका विदुर नगरपालिका–३ का धनबहादुर रिमाल र झुठो विवरण दिन सहयोग गर्ने नारायण रिमाल र राजुप्रसाद रिमाललाई प्रहरीले बुधबार  नियन्त्रणमा लिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरुलाई कारबाहीका लागि प्रशासन कार्यालयमा सार्वजनिक अपराधअन्तर्गतको मुद्दा दर्ता गराएर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।  

धनबहादुरले सोही वडाका वडाध्यक्ष बद्री रिमालसहितका पाँचजनाले आफूलाई अपहरण गरी जंगलमा लगेर मरणासन्न हुनेगरी कुटपिट गर्दै रु एक लाख र सुनको सिक्री लगायतका गहना लुटेको भन्दै अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योग अभियोगमा सोमबार उजुरी दिएका थिए । 

Global Ime bank

घटनाको अनुसन्धान गर्ने क्रममा उक्त सूचना झुठो भएको र वडाध्यक्षलाई फसाउन नियोजितरुपमा लागेको पाइएकाले पीडित भन्नेलाई नै पक्राउ गरी कारबाही शुरु गरिएको उनले जानकारी दिए ।  

अपहरणमा परेको भनिएका धनबहादुर गम्भीर घाइते भएको भन्दै जिल्ला अस्पताल त्रिशूली र वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार गराउन भर्ना भएपनि अवस्था सामान्य पाइएपछि कारबाहीका लागि प्रहरीले नुवाकोट ल्याएको हो । रासस
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०७५  १९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC