site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
KFC Island Ad
Dabur Nepal
NIC Asia

काठमाडौं । हिन्दू महिलालाई जागिरको प्रलोभनमा दिएर क्रिश्चियन धर्म अनुशरण गर्न लगाउने तीन जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको नागार्जुनकी ४१ वर्षीय सुमित्रा गौली, चितवन भरतपुर महानगरपालिका १६ की ४२ वर्षीय फूलदेवी भट्टराई र काठमाडौं कलंकी बस्ने ३६ वर्षीय राधिका महर्जन रहेका छन् । 

उनीहरुले चितवन भरतपुर नगरपालिका वडा न. २७ घर भएकी ३८ वर्षीय लक्ष्मी भट्टराईलाई सीतापाइलास्थित एक चर्चमा लगेर धर्म परिवर्तन गर्न लगाएको र उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेललले बताए । 

पीडित भट्टराईले आफूलाई इच्छा विपरित बाइबलको पाठ सुनाउँदै क्रिश्चियन बनेमात्रै जागिर लगाइदिन्छु भनेको प्रहरीसमक्ष बताएको एसएसपी पोखरेलले बताए । पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । मुलुकी ऐन, २०२० को अदलको महलको १ मा अरुको धर्ममा खलल पर्ने गरी कसैले पनि कुनै धर्म परिवर्तन गर्न वा गराएको प्रमाणित भएमा ३ वर्षसम्म जेल सजाय हुनसक्ने व्यवस्था गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०७५  १२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro