site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विश्वकप फुटबलः कुन रंगशालामा कुन राष्ट्रको प्रतिस्पर्धा ?
Sarbottam CementSarbottam Cement

एजेन्सी । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप फुटबल जेठ अन्तिम साताबाट रुसमा हुँदैछ । जेठ ३१ गते रुसको राजधानी मस्कोमा विशेष कार्यक्रमका बीच फिफा विश्वकप फुटबलको उद्घाटन हुनेछ ।

खेलकुद प्रेमीहरुको विशेष पर्खाइमा रहने विश्वकप फुटबलको २१ औँ संस्करणमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सहभागी ३२ राष्ट्रलाई आठ समूहमा विभाजन गरिसकेको छ । यस्तै, फिफा विश्वकपको खेल तालिकासमेत सार्वजनिक गरिसकेको छ ।

विश्वकपको उद्घाटन खेलमा २०१८ जुन १४ (जेठ ३१) का दिन लजनिकी रंगशालामा आयोजक रुसले एसियाली राष्ट्र साउदी अरेबियाको सामना गर्नेछ । पहिलो दिन उद्घाटन खेलमात्र हुनेछ । समूह चरणको अन्य खेल असार १ गतेबाट हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

विश्वकपको अन्तिम १६ अर्थात् नकआउट चरणका खेलहरु असार १६ देखि असार १९ सम्म हुनेछ । त्यसैगरी क्वाटरफाइनल खेल असार २२ र २३ गते सञ्चालन हुँदा सेमिफाइनल खेल असार २६ र २७ मा हुनेछ । विश्वकपको तेस्रो स्थानको लागि असार ३० मा खेल हुँदा असार ३१ मा फाइनल खेलसँगै एक महिने फुटबलको कुम्भमेला सकिनेछ ।

विश्वकप नजिकिँदै गर्दा पछिल्लो समय विश्वकप आयोजना हुने रंगशालाको चर्चा चल्न सुरु गरेको छ । विश्वकपको लागि रुसले रंगशालाको तयारी कसरी गरिरहेको छ ? रंगशालाको अवस्था कस्तो छ ? दर्शक क्षमता कस्तो छ ? कस्तो प्रविधिमा रंगशालामा बन्दैछ भन्ने कौतूहल आम खेल प्रेमीहरुमा चासोको बिषय बनेको छ ।

Global Ime bank

यो पटक रुसले विभिन्न १२ वटा रंगशालामा विश्वकप खेलहरु आयोजना गर्दैछ । यो पटक १२ रंगशालामा ३२ राष्ट्रको ६५ खेलहरु संचालन हुँदै छ । विश्वकपका लागि भनेर रुसले ५ वटा नयाँ रंगशाला निर्माण गरेको छ । अन्य रंगशाला भने पुनर्निर्माण र विस्तार गरिएको छ ।
 

विश्वकप आयोजना हुने रंगशाला र खेल
 
लजनिकी रंगशाला

\"\"
रुसको यो सबैभन्दा ठूलो रंगशाला हो । राजधानी मस्कोमा अवस्थित यो रंगशाला बनाउन करिब ३५० मिलियन यूरो लागत लागेको थियो । यो रंगशाला विश्वकपलाई लक्षित गर्दै पुनर्निर्माण समेत भएको छ । यो रंगशालामा ८१ हजार दर्शक क्षमता रहेको छ ।

खेल –
रुस भर्सेस साउदी अरेबिया
जर्मनी भर्सेस मेक्सिको
पोर्चुगल भर्सेस मोरक्को
डेनमार्क भर्सेस फ्रान्स
अन्तिम १६ अन्तर्गत समूह बि विजेता भर्सेस समूह ए उपविजेता
दोस्रो सेमिफाइनल
फाइनल खेल
 
क्रेस्टोस्की रंगशाला (सेन्ट पिटर्सबर्ग)

\"\"
रुसको यो दोस्रो ठूलो रंगशाला हो । यो रंगशालामा विश्वकपको तयारीको रुपमा सम्पन्न भएको कन्फिडेरेशन कपको फाइनल र केही समूह चरणको खेल सम्पन्न भएको थियो । सेन्ट पिटर्सबर्गमा रहेको यो मैदान सुविधा सम्पन्न रंगशाला हो ।
यो क्रेस्टोस्की रंगशालाको दर्शक क्षमता ६८ हजार १ सय ३४ रहेको छ । विश्वकपको लागि यो रंगशाला पूर्णरुपमा तयार भइसकेको छ ।

खेल –
मोरक्को भर्सेस इरान
रुस भर्सेस इजिप्ट
ब्राजिल भर्सेस कोस्टारिका
नाइजेरिया भर्सेस अर्जेन्टिना
अन्तिम १६ अन्तर्गत समूह एफ विजेता भर्सेस समूह ए उपविजेता
पहिलो सेमिफाइनलमा
तेस्रो स्थानको लागि हुने खेल
 
फिस्ट ओलम्पिक रंगशाला

\"\"
रसियाको सोचीमा अवस्थित यो फिस्ट ओलम्पिक रंगशाला लागतको हिसाबले पनि निकै महंगो रंगशाला हो । सन् २०१३ सालमा निर्माण सम्पन्न भएको यो रंगशाला ४७ हजार ६ सय ५९ जना दर्शक क्षमता छ । तर, विश्वकपपछि भने यो रंगशालाको क्षमता ४० हजार हुनेछ । यो रंगशाला निर्माणका लागि करिब ७७९ मिलियन डलर लागेको छ ।

खेल –
पोर्चुगल भर्सेस स्पेन
बेल्जियम भर्सेस पानमा
जर्मनी भर्सेस स्वीडेन
अष्ट्रेलिया भर्सेस पेरु
अन्तिम १६ अन्तर्गत समूह ए विजेता भर्सेस समूह बि उपविजेता
चौथो क्वाटरफाइनल
 
सेन्ट्रल रंगशाला

\"\"
रसियाको एकाटरिनबर्गमा अवस्थित रहेको यो सेन्ट्रल रंगशाला निकै पुरानो रंगशाला हो । सन् १९५७ मा बनेको यो रंगशाला पटक पटक पुनर्निर्माण हुँदै आएको छ । विश्वकपको लागि लक्षित गर्दै सन् २०१४ देखि निर्माण कार्य थालिएको छ ।
विश्वकपको लागि भनेर दर्शक क्षमता पनि बढाइएको छ । करिब ३५ हजार ६ सय ९६ जना दर्शक क्षमताको विश्वकपमा हुनेछ । विश्वकपपछि भने यो रंगशालाको दर्शक क्षमता २३ हजारको हुनेछ ।

खेल –
इजिप्ट भर्सेस उरुग्वे
फ्रान्स भर्सेस पेरु
जापान भर्सेस सेनेगल
मेक्सिको भर्सेस स्वीडेन
 
कजान एरिना

\"\"
यो रंगशाला रसियाको कजानमा अवस्थित छ । यो रंगशाला २०१३ सालमा खुला भएको हो । करिब ४५ हजार ३ सय ७९ दर्शक क्षमता रहेको छ । विश्वकपको लागि यो रंगशाला पूर्णरुपमा तयारी अवस्थामा रहेको छ ।

खेल
फ्रान्स भर्सेस अष्ट्रेलिया
इरान भर्सेस स्पेन
पोल्याण्ड भर्सेस कोलम्बिया
दक्षिण कोरिया भर्सेस जर्मनी
अन्तिम १६ अन्तर्गत समूह सी विजेता भर्सेस समूह डी उपविजेता
दोस्रो क्वाटरफाइनल
 
ओक्रिटाई एरिना (स्पार्टक)

\"\"
रसियाको राजधानी मस्कोको टुसिनो शहरमा अवस्थित ओक्रिटाई एरिना रंगशाला निकै आकर्षक डिजाइनमा बनेको छ । करिब ४३० मिलियन अमेरिकन डलर यो रंगशाला निर्माणमा लागेको छ ।
२०१४ देखि खुला भएको यो रंगशालाको दर्शक क्षमता ४५ हजार ३ सय ६० रहेको छ । यो विश्वकप फुटबलको लागि पूर्णरुपमा तयारीमा रहेको रंगशाला हो ।

खेल –
अर्जेन्टिना भर्सेस आइसल्याण्ड
पोल्याण्ड भर्सेस सेनेगल
बेल्जियम भर्सेस ट्युनिसिया
सर्बिया भर्सेस ब्राजिल
अन्तिम १६ अन्तर्गत समूह एच विजेता भर्सेस समूह जी उपविजेता
 
कैलिनिङग्राड रंगशाला

\"\"
रसियाको कैलिनिङग्राडमा रहेको यो रंगशाला विश्वकपको लागि भनेर नै निर्माण गरिएको हो । विश्वकपमा यो रंगशालाको दर्शक क्षमता ३५ हजार २ सय १२ भए पनि विश्वकपपछि भने २५ हजारको हुनेछ ।

खेल –
क्रोएसिया भर्सेस नाइजेरिया
सर्बिया भर्सेस स्विजरल्याण्ड
स्पेन भर्सेस मोरक्को
इंग्ल्यान्ड भर्सेस बेल्जियम
 
निज्नी नोव्गोरोड रंगशाला

\"\"
निज्नी नोव्गोरोड रंगशाला नयाँ रंगशाला हो । विश्वकपलाई लक्ष्य गर्दै निर्माण गरिएको यो रंगशाला ४४ हजार ८ सय ९९ दर्शक क्षमता रहेको छ  । यो रंगशाला उच्च प्रविधियुक्त रहेको छ ।

खेल –
स्वीडेन भर्सेस दक्षिण कोरिया
अर्जेन्टिना भर्सेस क्रोएसिया
इंग्ल्यान्ड भर्सेस पानमा
स्विजरल्याण्ड भर्सेस कोस्टारिका
अन्तिम १६ अन्तर्गत समूह डी विजेता भर्सेस समूह सी उपविजेता
पहिलो क्वाटरफाइनल
 
कोसमोस एरिना

\"\"
कोसमोस एरिना रंगशाला रसियाको समरा भन्ने ठाउँमा छ । करिब ३२० मिलियन डलर लागतमा निर्माणाधिन अवस्थामा रहेको यो रंगशाला निकै आकर्षक बन्नेछ । करिब ४४ हजार ९ सय १८ दर्शक क्षमता यो रंगशालाको हुनेछ । विश्वकपलाई लक्षित निर्माण गर्दै गरेको यो नयाँ रंगशाला हो ।

खेल –
कोस्टारिका भर्सेस सर्बिया
डेनमार्क भर्सेस अष्ट्रेलिया
उरुग्वे भर्सेस रुस
सेनेगल भर्सेस कोलम्बिया
अन्तिम १६ अन्तर्गत समूह इ विजेता भर्सेस समूह एफ उपविजेता
तेस्रो क्वाटरफाइनल
 
रोस्टोभ एरिना

\"\"
रोस्टोभ एरिना यो रंगशाला पनि नयाँ हो । यो रंगशाला करिब ४५ हजार दर्शक क्षमता रहेको छ । निकै कलात्मक तरिकाले यो रंगशालाको निर्माण गरिएको छ ।

खेल –
ब्राजिल भर्सेस स्विजरल्याण्ड
उरुग्वे भर्सेस साउदी अरेबिया
दक्षिण कोरिया भर्सेस मेक्सिको
आइसल्याण्ड भर्सेस क्रोएसिया
अन्तिम १६ अन्तर्गत समूह जी विजेता भर्सेस समूह एच उपविजेता
 
भोवोल्गोग्राड एरिना

\"\"
भोल्गोग्राडमा निर्माण भइरहेको भोल्गोग्राड एरिना रंगशालाको निर्माणको कार्य तिब्रगतिमा भई रहेको छ । यो रंगशालाको दर्शक क्षमता करिब ४५ हजार ५ सय ६८ रहेको छ ।

खेल –
ट्युनिसिया भर्सेस इंग्ल्यान्ड
नाइजेरिया भर्सेस आइसल्याण्ड
साउदी अरेबिया भर्सेस इजिप्ट
जापान भर्सेस पोल्याण्ड
 
मोर्डोभिया एरिना

\"\"
मोर्डोभिया एरिना रंगशाला रसियाको सरान्स्क भन्ने स्थानमा रहेको छ । करिब ३०० मिलियनमा निर्माण भएको यो रंगशाला नयाँ हो । यहिवर्ष निर्माण सम्पन्न भएको यो रंगशाला निकै आकर्षक तरिकाले बनाएको छ । मोर्डोभिया एरिना रंगशालाको दर्शक क्षमता ४४ हजार ४ सय ४२ रहेको छ ।

खेल –
पेरु भर्सेस डेनमार्क
कोलम्बिया भर्सेस जापान
इरान भर्सेस पोर्चुगल
पानमा भर्सेस ट्युनिसिया 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०७५  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC