site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank

काठमाडौं । बेलायत नेपाल प्रज्ञा परिषद्को हालै भएको निर्वाचनमा आगामी चार वर्षका लागि डा कृष्ण अधिकारीको नेतृत्वमा तीनजना मुख्य कार्यकारी पदाधिकारीको निर्विरोध चयन भएको छ । 

महासचिवमा लण्डन स्कूल अफ इकोनोमिक्सकी डा पुनम यादव र कोषाध्यक्षमा बर्मिङ्घम विश्वविद्यालयका डा फ्रेजर सग्देन निर्वाचित भएका छन् । 

परिषद्ले आयोजना गरेको १६ औँ नेपाल अध्ययन दिवस नेपाल कन्फरेन्सको सिलसिलामा अप्रिल १७ मा दरहम विश्वविद्यालयमा बसेको साधारणसभामा निवर्तमान अध्यक्ष प्रो डेविड गेल्नरले निर्वाचनको नतिजा सार्वजनिक गरेका थिए । यसअघि परिषद्को कोषाध्यक्षमा डा सेलेन हिटन श्रेष्ठ रहेकी थिइन् । 

Dabur Nepal
NIC Asia

अक्सफोर्ड विश्वविद्यालयको मानवशास्त्र विभागका अनुसन्धानदाता डा अधिकारी नेपाल अध्ययन केन्द्र बेलायतका संस्थापक सदस्य र पूर्व कार्यकारी निर्देशक हुन् । अध्यक्ष बन्नु अघि उनी उक्त परिषद्को महासचिव रहेका थिए । उनी परिषद्को चौथो अध्यक्ष हुन् । 

यसअघि प्रा सूर्य सुवेदी, प्रा माइकल हट र प्रा डेविड गेल्नरले सो पदमा रही सेवा गरिसकेका छन् । परिषद्ले प्रत्येक दुई वर्षमा चार वर्षका लागि चार÷चार जना कार्यकारी सदस्यको निर्वाचन गर्दछ भने तीनजना पदाधिकारी छुट्टै निर्वाचन गर्ने गर्दछ । 

२३ मे २००० का दिन बेलायतस्थित नेपालसँग सम्बन्धित विभिन्न क्षेत्रमा शोध रुची भएका मानिस तथा प्राज्ञको स्कूल अभ् ओरियन्टल एण्ड अफ्रिकन स्टडिज ९सोआस० मा भएको एक भेलामा परिषद्को गठन गरिएको थियो । 

बेलायत र नेपालका द्धिपक्षीय चासोका विषयमा साझेदारीमूलक अनुसन्धान, आपसी आदानप्रदानका कार्यक्रम, वार्षिक प्रवचन तथा सेमिनार कार्यक्रम आयोजना गरी बेलायत–नेपालबीच प्राज्ञिक तथा शैक्षिक सम्बन्ध प्रवद्र्धन गर्ने उद्देश्य राखेर परिषद्को गठन गरिएको कुरा डा अधिकारीले जानकारी दिए। 

परिषद्ले हरेको वर्ष नेपाल प्रवचन कार्यक्रम आयोजना गर्दै आएको र गत कार्यक्रममा प्रा पिताम्बर शर्माले प्रवचन दिएका थिए। त्यसैगरी हरेक वर्ष बेलायतको एउटा विश्वविद्यालयको आतिथ्यमा नेपाल अध्ययन दिवस नेपाल कन्स्फरेन्स आयोजना गर्दै आएको छ । 

यसबर्ष भएको कार्यक्रममा ३५ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । कूल ७० जनाको सहभागिता रहेको र दुई प्यानलमा सञ्चालन भएको उक्त कन्फरेन्सको सिलसिलामा लुम्बिनी म्युजियम, १९७७ को हिमालयन एक्पिडिसन, तिलौराकोट उत्खननको बारेमा थप विशेष प्रस्तुति र सेरा तामाङको मुख्य प्रस्तुति रहेको थियो । 

यो सालदेखि युरोप वा दक्षिण एशियाका कुनै एक विश्वविद्यालयमा भर्ना भई नेपाल वा संसारभरिका नेपालीसँग सम्बन्धित विषयमा विद्यावारिधि गरेका विद्यार्थीका लागि प्रतिस्पर्धात्मक रूपमा छनोट हुने गरी ‘विद्यावारिधि शोधपत्र पुरस्कार’ सञ्चालनमा ल्याइएको र सन् २०१८ को पुरस्कार कोपनहेगन विश्वविद्यालयकी डा मरिना क्रोजेनेभिकाले प्राप्त गरेकी छन् । 

आगामी २०१९ को नेपाल अध्ययन दिवस एडिनबरा विश्वविद्यालयमा र २०२० को कार्यक्रम युसिएल लण्डनमा आयोजना हुनेछ भने २०१८ को सोह्रौँ नेपाल प्रवचन जर्मनको बेलेफेल्ड विश्वविद्यालयकी प्राध्यापक जोअना पाप्फले नोभेम्बर १ मा सोआस, लण्डनमा दिने जनाइएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०७५  ०९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro