site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मधेसको जनस्वास्थ्य प्रयोगशालाको सामग्री खरिदमा झन्डै २२ करोड ‘भ्रष्टाचार’

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आइतबार (वैशाख १४) अख्तियारले दर्ता गराएको आरोपपत्रमा तत्कालीन सचिव इमनारायण श्रेष्ठ, तत्कालीन लेखा अधिकृत नवीन दास, तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक मुक्तिनारायण साह र प्रदेश जनस्वास्थ्य निर्देशनालयका तत्कालीन निर्देशकलाई मुख्य प्रतिवादी बनाइएको छ ।

२१ करोड ८९ लाख ३९ हजार ७८० रुपैयाँ बिगो कायम गरी १४ जनाविरुद्ध मुद्दा चलाइएको छ । उनीहरूविरुद्ध १९ करोड ४६ लाख, ६ करोड र पाँच करोड बिगो दाबी गरिएका अरू तीन आरोपपत्र पनि दर्ता गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro