site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नाराजुलुससहित सडकमा उत्रिए शिक्षक

काठमाडौं । शिक्षकको सडक आन्दोलन काठमाडौंमा २७औँ दिन पनि जारी छ । सोमबार (वैशाख १५) शिक्षक नाराजुलुससहित सडकमा उत्रिएका छन् । झडपक्रममा चोट लागेका शिक्षक पनि ब्यान्डेज बाँधेर प्रदर्शनमा सहभागी छन् ।

उनीहरूले ‘प्रहरी दमन मुर्दावाद’, ‘शिक्षकलाई सम्मान गर’, ‘शिक्षक कर्मचारी एक हौँ’, ‘शैक्षिक दलाल होसियार’ लगायत नारा लगाएका छन् । यस दिन शिक्षकले सरकारको चर्को विरोध गरेका छन् । उनीहरूले यसअघि रचनात्मक रूपमा प्रदर्शन गर्दै आएका थिए ।

dsfagm-1745824331.jpg
नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका सामुदायिक विद्यालयका शिक्षकले माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्दै आएका छन् । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने उनीहरूको माग छ ।

प्रदर्शनक्रममा आइतबार (वैशाख १४) शिक्षक र प्रहरीबीच झडप भएको थियो । प्रदर्शनकारी निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेका थिए । उनीहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । उनीहरूलाई रोक्न प्रहरीले बल प्रयोग गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro