site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गभर्नर नियुक्ति मापदण्डविरुद्धको रिट आज पनि 'हेर्न नभ्याइने'मा

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति मापदण्डविरुद्धको रिट सोमबार पनि 'हेर्न नभ्याइने'मा परेको छ ।

गत चैत ३१ मा प्रारम्भिक सुनुवाइ भएर ६५ वर्षे उमेरहद नलाग्ने गरी संशोधन गरिएको मापदण्ड तत्काल लागु नगर्न आदेश भएयता उक्त मुद्दाको पालो आएको छैन । इजलासले नै अन्तरिम आदेश प्रयोजनका लागि वैशाख ७ गतेको पेसी तोकेको थियो ।

यही बीचमा वैशाख ५ गते डा. गुणाकर भट्टले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिए । नेताहरूबीच भट्टलाई गभर्नर बनाउने सहमति भएपछि उनले राजीनामा दिएको चर्चा चलेको थियो ।

त्यही दिन भट्टको योग्यता नपुग्ने भनेर रिटकर्ता प्रतिभा उप्रेती र विशाल थापाले पूरक निवेदन दिएका थिए । त्यसयता यो मुद्दाको पालो आएको छैन ।

वैशाख ७ देखि १० गतेसम्म 'हेर्न नभ्याइने'मा परेको उक्त रिट पुनः आइतबारदेखि पेसीमा छ । आइतबार ड (१३) नम्बरमा परेको उक्त रिट सोमबार ध (१८) नम्बरमा परेको थियो ।

उता कार्यकारी निर्देशकबाट राजीनामा दिएका भट्टको राजीनामा अहिलेसम्म कामु गभर्नर निलम ढुंगानाले स्वीकृत गरेकी छैनन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १४:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro