site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एसडिसी हाउन्ड्स सेमिफाइनलमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । एसडिसी हाउन्ड्स प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा आयोजक नेकोसलाई ६८–४५ ले पराजित गर्दै हाउन्ड्सले अन्तिम चारमा स्थान पक्का गरेको हो । हाउन्ड्सको जितमा मनीष केसीले १५ अंक योगदान दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो क्वाटरमा १३–११ र दोस्रोमा १६–१५ को सामान्य अग्रता लिएको हाउन्ड्स तेस्रोमा १२–१२ को बराबरीमा रोकिएको थियो । तर, चौथो तथा अन्तिम क्वाटरमा २७–७ को अग्रता बनाउदै हाउन्ड्सले सहज जित दर्ता गर्यो ।

पुरुषकै अर्को खेलमा साउथ साइडर्सले जेभियरलाई ७९–५८ ले हरायो । साइडर्सका लागि विशाल तामाङले २४ अंक जोडे । सुरुवातमा २१–१३ ले अगाडि रहेको साइडर्स दोश्रोमा १७–१९ ले पछि पर्‍यो । बाँकी दुई क्वाटर आफ्नो पक्षमा पारेको साइडर्सले क्रमशः १८–१३ र २३–१३ अंक जोड्यो ।

Global Ime bank

चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा जारी प्रतियोगिताको महिलातर्फ बुढानीलकण्ठले जित दर्ता गरेको छ । बुढानीलकण्ठले एनसीसीएसमाथि ६२–३२ को सहज जित दर्ता गर्यो । बुढानीलकण्ठकी अनुषा मल्लले १६ स्कोर गरिन् ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०७५  १९:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC