site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
तेस्रो जितसहित कोलकत्ता शीर्ष स्थानमा
Sarbottam CementSarbottam Cement

एजेन्सी । कोलकत्ता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउदै कोलकत्ता शीर्ष स्थानमा उक्लिएको हो ।

जयपुरस्थित सवाई मानसिंह क्रिकेट स्टेडियममा राजस्थानले दिएको १६१ रनको लक्ष्य कोलकत्ताले १८ ओभर ५ बलमा मात्र ३  विकेट गुमाएर पुरा गर्यो । कोलकत्ताको जितमा रोविन उथप्पाले ४८ तथा कप्तान दिनेश कार्तिकले अविजित ४२ रन जोडे  । त्यस्तै सुनील नारिनेले ३५ तथा नितिश रानाले अविजित ३५ रन नै बनाए । राजस्थानका क्रिस्नप्पा गोथामले दुई विकेट लिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १६० रन बनाएको थियो ।  राजस्थानको लागि म्याथ्यु सर्टले ४ तथा कप्तान अजिंक्या रहानेले ३६ रन बनाए । त्यस्तै जोस बटलर २४ रनमा अविजित रहदा राहुल त्रिपाठीले १५ तथा बेन स्टोक्सले १४ रन जोडेका थिए । कोलकत्ताका नितिश राना र टम कुरानले समान दुई दुई विकेट लिए ।

यो जितसँगै शीर्ष स्थानमा उक्लिएको कोलकत्ताले पाँच खेलमा ३ जितसहित ६ अंक जोडेको छ  । जितसँगै कोलकत्ताको प्ले अफमा पुग्ने सम्भावना बलियो बन्दै गएको छ । कोलकत्ताले सनराइजर्स हैदरावाद पछि पार्दै शीर्ष स्थानमा स्थान बनाएको हो । आईपीएलमा ३ खेलमा सतप्रतिशत नतिजासहित ६ अंक जोडेको हैदरावाद दोस्रो स्थानमा छ ।

Global Ime bank

पराजित राजस्थान ४ खेलमा २ जितसहित ४ अंक जोडेर लिगको पाँचौ स्थानमा छ । यस्तै लिगमा किंग्स इलाभेन पञ्जाब तेस्रो र चौथोमा चेन्नाई सुपर किंग्स रहेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०७५  ०७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC