site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले भारतीय संसद्को माथिल्लो सदन (राज्य सभा)मा आफ्नो प्रभावलाई अझै बढाएको छ । शुक्रबार भएको निर्वाचनबाट भाजपाले सात प्रदेशका २६ सिटमध्ये १२ सिटमा विजयी भएकाले आफ्नो प्रभाव अझ बढाएको हो । 

भारतको सबैभन्दा ठूलो प्रदेशका रुपमा रहेको उत्तर प्रदेशमा मात्रै भाजपाले नौ सिट जित्न सफल भएको छ । यस निर्वाचनका मुख्य विजेतामा भारतका अर्थमन्त्री अरुण जेट्ली र भारतीय जनता पार्टीका प्रवक्ता जीभीएल नरसिंह राय रहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

शुक्रबार राति अबेर निर्वाचनको नतिजा घोषणा भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा लेखेका छन्, “विभिन्न राज्यबाट राज्य सभामा निर्वाचित हुनु भएका सवैलाई हार्दिक बधाई छ, तपाईको संसद्ीय कार्यकालको पूर्णसफलताको कामना गर्दछु ।” 

भारतको निर्वाचन आयोगले गत फेब्रुअरीमा राष्ट्रियसभाका खाली भएका ५९ सिटका लागि निर्वाचन घोषणा गरेको थियो । 

Global Ime bank

त्यसको एक महिना पछि दश राज्यका ३३ जना उम्मेदवारलाई निर्वाचित भएको घोषणा गरिएको थियो । ती मध्ये १६ जना भारतीय जनता पार्टीका रहेका थिए । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १०, २०७४  १६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC